ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोल्यान्डमा आज राष्ट्रपतिको चुनाव


abc news
जेष्ठ ४, २०८२ आईतबार   ३ : ३२   बजे

काठमाडौ ४ जेठ । पोल्यान्डमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ। हालका राष्ट्रपति आन्द्रेज डुडाको दोस्रो कार्यकाल आगामी ६ अगस्टमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो।

पोल्यान्डमा राष्ट्रपति अधिकतम दुई कार्यकाल मात्र रहने संवैधानिक व्यवस्था छ।

आज बिहान ७ बजदेखि साँझ ९ बजेसम्म १८ वर्ष माथिका लगभग २ करोड ९० लाख पोलिश मतदाताले राष्ट्रपतिका कुनै एक उम्मेदवारलाई मतदान गर्नेछन्।

निर्वाचनमा राष्ट्रपति पदका मुख्य दुई उम्मेदवारबी प्रतिस्पर्धा हुने बताइएको छ। जसमा सत्तारूढ सिभिक गठबन्धनको तर्फबाट राफाल ट्राजास्कोवस्की तथा अर्को मुख्य विपक्षी दल कानुन र न्याय समर्थित स्वतन्त्र उम्मेदवार कारोल नवोरोस्की छन्।

रूस(युक्रेन युद्ध, आप्रवासन, गर्भपतन अधिकार र अर्थतन्त्रजस्ता मुख्य मुद्दालाई सबै उम्मेदवारले उठाएका छन्।

पोल्यान्डको संविधानअनुसार उम्मेदवारले कम्तीमा ५० प्रतिशत मत प्राप्त गरेमा विजय हुन्छन्। यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई जनाका लागि दोस्रो चरणको मतदान हुनेछ।

विभिन्न सर्वेक्षणले देखाए अनुसार चुनाव दोस्रो चरणमा जाने भएमा आगामी जुन १ मा पोल्यान्डले नयाँ राष्ट्रपति पाउनेछ।

जसले आगामी ६ अगस्टबाट आफ्नो कार्यकाल सम्हाल्ने छन्।

संविधान अनुसार पोल्यान्डमा शक्ति प्रधानमन्त्री र संसदमा निहित हुन्छ। तर राष्ट्रपतिले भिटो प्रयोगसहित सैन्य र विदेश नीतिमा ठूलो प्रभाव पार्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group