ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हानाहान, ५ जना घाइते


abc news
जेष्ठ ४, २०८२ आईतबार  १२ : २२ बजे

काठमाडौ ४ जेठ । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी हानाहान भएको छ।

खुकुरी हानाहानमा परेर पाँचजना घाइते भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता राजकिशोर साहले दिएको जानकारी अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। उनीहरुको चितवनको भरतपुरमा उपचार भइरहेको साहले जानकारी दिए।

शनिबार सदरमुकाम बेँसीसहरमा भएको तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिएपछि दुई समूहबीच प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा खुकुरी हानाहान भएको हो।

खुकुरी प्रहारबाट बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी, तरुण दलका सदस्य धन घले लगायत घाइते भएका हुन्।

अधिवेशनमा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा। टकराज गुरुङ, वनमन्त्री भेषबहादुर पौडेलसमेत सहभागी थिए।

‘घाइतेमध्ये खुसीजङ्ग र सुदीपको टाउकोमा गहिरो चोट लागेकाले उहाँहरुलाई थप उपचारको लागि राति नै चितवन चितवन मेडिकल कलेज भरतपुर लगिएको छ,’ साहले भने।

प्रतिनिधि छनोटमा विवाद उत्पन्न हुँदा दुई समूहबीच बाहिर सडकमा खुकुरी हानाहान भएको इन्सपेक्टर साहले बताए।

‘अधिवेशन स्थलबाहिर सडकमा दुई पक्षबीच आपसी विवादका क्रममा खुकुरी हानाहान भएको हो,’ उनले भने, ‘पाँचजना घाइतेमध्ये सामान्य अवस्थाका तीनजना उपचारपछि डिस्चार्ज भइसकेका छन्।’

घटनाका सम्बन्धमा अहिलेसम्म एउटा जाहेरी आएको उनले बताए। ‘एउटा जाहेरी हामीकहाँ आएको छ। तर, अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन। खुकुरी हान्नेको खोजी भइरहेको छ,’ उनले भने।

घटनापछि अधिवेशन स्थगित गरिएको छ। निर्वाचन अधिकृत अधिवक्ता विजयप्रकाश अधिकारीले सूचना जारी गरेर अधिवेशनको बाँकी प्रक्रिया यही जेठ १० गते सम्पन्न हुनेगरि हाललाई अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन्।

‘अधिवेशन सम्पन्न गर्न प्रकाशित निर्वाचन कार्यतालिकाअनुसरा उम्मेदवारको मनोनयन दर्ताको कार्य तोकिएको सयमभित्रमा सम्पन्न भएको अवस्थामा विशेष कारणवस बाँकी प्रक्रिया जेठ १० गते सम्पन्न गर्ने निर्णय निर्वाचन समितिबाट भएको छ,’ सूचनामा भनिएको छ।

लमजुङमा कांग्रेसमा दुई नेता डा।टकराज गुरुङ र भेषबहादुर पौडेलबीच तीव्र विवाद छ।

पौडेल हाल गण्डकी प्रदेशको वनमन्त्री छन् भने गुरुङ अर्थमन्त्री छन्। पौडेल कांग्रेसको निवर्तमान पार्टी सभापति हुने भने गुरुङ वर्तमा पार्टी सभापति हुन्।

घाइते हुने वडाध्यक्ष भेषबहादुर पक्षका हुन्। खुकुरी हान्ने व्यक्ति गुरुङ पक्षका भएको भेषबहादुर पक्षको आरोप छ। स्रोतका अनुसार आफू अनुकूल हुने नदेखेपछि पौडेल पक्ष अधिवेशन स्थगित गर्ने तयारीमा थियो। तर, गुरुङ पक्ष भने जसरी पनि अधिवेशन गर्नुपर्छ भन्ने पक्षमा लागेपछि झडपको अवस्था सिर्जना भएको छ।

खुकुरी प्रहारबाट घाइते हुने खुसीजंग तरुण दलको जिल्ला अध्यक्षको आकांक्षीसमेत थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com