काठमाडौ ४ जेठ । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र० की सांसद दुर्गा राईले झ्याप्प झ्याप्प बत्ती जाने कुरा सरकारको आयुको संकेत हो भन्दै प्रश्न गरेकी छिन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले अहिले झ्याप्प झ्याप्प बत्ती जाने गरेकोप्रति असन्तुष्टि व्यक्त गरिन्। झ्याप्प झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ। पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिकरु रुष्ट छन्। जसकारण पनि सरकारको बिरोध भइरहेको छ।
राईले भनिन्, ‘आज भोलि झ्याप झ्याप बत्ती जान्छ, किन सरकाररु के यो सरकारको आयुको संकेत होरु’
सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।







प्रतिक्रिया दिनुहोस्