काठमाडौ ४ जेठ । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले खेलाडीहरु अनुशासित र मर्यादित नागरिक भएका बताएका छन्।
११औँ शंस्करणको सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको शनिबार उदघाटन गर्दै पुनले अनुशासित नागरिक उत्पादनका लागि राज्यले खेल क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए।
स्वच्छ नागरिक उत्पादनका लागि खेलकुद महत्वपूर्ण, अनिवार्य र जरुरी रहेको उनको भनाइ थियो। खेलाडी भविष्यका राष्ट्र निर्माता र अनुशासित नागरिक भएको उनले बताए।
पुनले नेपाल, भारत, बंगलादेश र कतारका खेलाडी सहभागी प्रतियोगिताले मित्र राष्ट्रहरुबीच भाइचारा सम्बन्ध थप विस्तार गर्न फलदायी हुने विश्वाससमेत व्यक्त गरे।
‘मित्र राष्ट्रहरुबीच हुने खेलले सदभावना अभिवृद्धिका लागि ती देशका नागरिकको बीचमा पुलको काम गर्ने छ,’ उनले भने।







प्रतिक्रिया दिनुहोस्