ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते


abc news
बैशाख ३१, २०८२ बुधबार  १० : ४२ बजे

काठमाडौ ३१ बैशाख । मोरङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। वैवाहिक कार्यक्रम चलिरहेको ठाउँमा गीत गाइरहेका दुई महिलाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

गएराति रतुवामाई नगरपालिका(३ स्थित मिर्चाडाँगीमा वैवाहिक कार्यक्रम चलिरहँदा हावाहुरी चलेको थियो।

हुण्डरीको कारण लच्किएको जग्गेको बाँसले हाइ टेन्सन लाइनमा छुँदा कार्यक्रम स्थलमा करेन्ट प्रवाह भएको प्रहरीले जनाएको छ।

हावाहुरीको कारण घरमा गाडिएको बाँसको लिंगो हाइटेन्सन लाइनमा जोडिँदा दुर्घटना भएको प्रहरीको भनाई छ।

करेन्ट लागेर रतुवामाई नगरपालिका वडा नम्बर( ३ मिर्चाडाँगीका सतारुलाल गनगाईकी श्रीमती ७१ वर्षीया सूर्यदेवी गनगाई र जतरुलाल गनगाईकी श्रीमती वर्ष ७० की रामुदेवी गनगाईको मृत्यु भएको हो।

करेन्ट लागेर अर्की ३० वर्षीय राधाकुमारी सिंह घाइते भएकी छन्। उनको नगर अस्पताल झुर्कियामा उपचार गरिएको छ।

रतुवामाई ३ मिर्चाडाँगीका मङ्गलकुमार सिंहका छोरा निरजकुमार सिंहको वैवाहिक कार्यक्रम चलिरहँदा घटना भएको हो।

हरियो बाँसको लिंगोमा हाइ टेन्सन लाइनको कनेक्सन हुँदा विवाहको रमाइलो हेर्न जम्मा भएका मानिसमा करेन्ट प्रवाह भएको स्थानीयले बताएका छन्।

मृतक महिलाको शव पोस्टमार्टमका लागि रङ्गेली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com