ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण


abc news

काठमाडोै २६ बैशाख । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले भारत र पाकिस्तानबीच चलिरहेको आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् । दुई देशबीच चलेको शृङ्खलाबद्ध आक्रमणले नेपाललाई पर्न सक्ने प्रभावतर्फ गम्भिर बन्न सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमानाकामा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्नेमा उनीहरुको जोड छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल शान्ति र स्थिरताको पक्षमा रहेको सन्देश विश्व समुदायलाई दिनुपर्नेमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भारत–पाकिस्तानबीच थप युद्धको अवस्था उत्पन्न भएमा नेपालमा पर्न सक्ने सुरक्षा, आपूर्ति र आर्थिक असरका साथै ति देशमा रहेका नेपालीको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन माग गर्नुभयो ।

नेकपा ९एकीकृत समाजवादी०का सांसद शेरबहादुर कुँवरले भारत–पाकिस्तानबीच सम्भावित युद्धको असरबारे सचेत हुनुपर्ने बताउनुभयो । नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले भारत–पाकिस्तानबीच चुलिँदो तनावले नेपालमा पनि तत्काल असर पार्न सक्ने भन्दै सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गर्नुभयो । भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमाको सुरक्षा जोखिम, आर्थिक परनिर्भरता, आपूर्ति सङ्कट, हवाई यातायात, पर्यटन र व्यापार समेत प्रभावित हुनसक्ने उहाँको भनाइ छ ।

सांसद सुब्बाले नेपालले असंलग्न परराष्ट्र नीतिको मार्गबाट नहटेर भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक समन्वय बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो । गएको वैशाख ९ मा जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच अहिले आक्रमणका शृङ्खला भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव, ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कतारस्थित अमेरिकी सैन्य अखडामा इरानी हमला लगत्तै ट्रम्पद्धारा युद्धविरामको घोषणा

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

शिक्षकलाई शिक्षामन्त्री पन्तले बोलाए वार्तामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com