ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्रले गति लिएको अर्थ मन्त्रालयको दाबी


एबीसी न्यूज
बैशाख १६, २०८२ मंगलबार   १० : ३७   बजे

काठमाडौं १६ बैशाख । अर्थ मन्त्रालयले समग्रमा देशको अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ । मन्त्रालयले प्रकाशित गरेको पछिल्लो अर्थ बुलेटिनमा अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ भएको तथा आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको उल्लेख छ ।

राजस्व परिचलानमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सुचकाङ्कमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धिलगायत कारण समग्रमा अर्थतन्त्रले गति लिएको मन्त्रालयले दाबी गरेको छ ।

मन्त्रालयका अनुसार सार्वजनिक वित्तका सूचक सकारात्मक रहेका छन् । चालू आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारको राजस्व परिचालन १२।७ प्रतिशत र कुल खर्च ४।०४ प्रतिशतले वृद्धि भएको छ ।

सार्वजनिक ऋण २०८१ असार मसान्तको तुलनामा ९।९ प्रतिशतले वृद्धि भएको छ । फागुनसम्म सङ्घीय सरकारको कुल राजस्व अघिल्लो आर्थिक वर्षको यसै अवधिको ६ खर्ब ३९ अर्व ५ करोड रुपैयाँको तुलनामा १२।७ प्रतिशतले बढेर ७ खर्ब २० अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

यस्तै फागुनसम्म सङ्घीय सरकारको कुल खर्च गएको आर्थिक वर्षको यसै अवधिको ८ खर्ब १ अर्ब ५८ करोड रुपैयाँको तुलनामा ४।९४ प्रतिशतले बढेर ८ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

कुल खर्चमध्ये चालु खर्च ६९।६ प्रतिशत, पुँजीगत खर्च ९।८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २०।६ प्रतिशत रहेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ । व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या बढेसँगै करको दायरा विस्तार भएको छ ।

चालू आर्थिक वर्षको फागुनसम्म वैदेशिक सहायता प्रतिबद्धता गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा बढेर २ खर्ब २१ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारमा नयाँ श्रम स्वीकृति लिई जाने कामदार तथा पुनः श्रमस्वीकृती लिने कामदारको सङ्ख्यासमेत गएको वर्षको तुलनामा बढेको छ । रेमिट्यान्स र पर्यटक आवागमन पनि बढेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ ।

यस्तै विदेशी मुद्रा सञ्चिति बढेको छ भने चालू खाता र शोधनान्तर स्थिति दुवै बचतमा छन् । अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको र समग्रमा अर्थतन्त्रले गति लिएको अर्थमन्त्रालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group