काठमाडौं १५ बैशाख । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले शिक्षक आन्दोलनप्रति हिंस्रक व्यवहार देखाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दैै उनले शिक्षकका जायज मागप्रति आफूहरुको ऐक्यबद्धता रहेको उल्लेख गरे। ‘शिक्षक समाजका आदरणीय गुरुहरु हुन्, गुरुहरुलाई त सम्मान पो गर्नुपर्दथ्यो’ पूर्वशिक्षामन्त्री समेत रहेका पौडेलले भने, ‘आदार गर्नुपदथ्यो। तर, सरकारले लाठी र फोहोरा बर्साएर हिंस्रक चरित्र प्रस्तुत गर्यो। आदरणीय शिक्षकहरुले घर, घडेरी, बिल्डिङ खोजेका होइनन्। श्रमको मूल्य खोजेका हुन्।’
उनले थपे, ‘यो सरकारले शिक्षक, चिकित्सक, कर्मचारी, प्रध्यापकहरुको कुरा सुन्दैन भने यो सरकार कसको सरकार होरु शिक्षकहरुका जायज मागहरुप्रति हामी दृढतापूर्व ऐक्यबद्धता जनाउँछौँ।’







प्रतिक्रिया दिनुहोस्