पाल्पा, १५ बैशाख । पाल्पाको रैनादेवी छहरा १ सिद्धेश्वरमा हिजो राती जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ ।लु१ज २३७७ नम्बरको जिप चढेर सिद्धेश्वरको असारे जंगलमा लागेको डढेलो निभाउन गएका व्यक्तिहरू सवार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी सुनिल मल्लले जानकारी दिनु भयो ।सर्वोत्तम सिमेन्टको खानी नजिकै जिप १५० मिटर तल दुर्घटना हुदा रैनादेबी छहरा गाउँपालिका १ असारेका २३ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।दुर्घटनामा घाइते भएका चालक २७ वर्षीय रन्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको तानसेनमा रहेको युनाईटेड मिशन अस्पताल पाल्पामा उपचार भइहेको छ ।उकालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनास्थलको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।डढेलो निभाउने क्रममा भएको दुर्घटनाले गाउँमा शोकमय भएको छ ।







प्रतिक्रिया दिनुहोस्