ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुट मच्चाउन पल्किएकाहरूले केही भएन भनेर गणतन्त्रमाथि प्रहार गरिरहेका छन् – प्रचण्ड


एबीसी न्यूज
बैशाख १२, २०८२ शुक्रबार   ७ : ४५   बजे

काठमाडौं १२ बैशाख । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले तानाशाही प्रवृत्ति र लुट मच्चाउन पल्किएकाहरूले ‘गणतन्त्रले केही गरेन’ भनेर त्यसप्रति प्रहार गर्ने प्रयास गरिरहेको बताएका छन्।

गोरखाको बारपाकमा आयोजित १०औँ भूकम्प स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै दाहालले इतिहासलाई पछाडि फर्काउन खोज्ने निरङ्कुश प्रवृत्तिलाई परास्त गर्न आवश्यक रहेको बताए।

प्रतिक्रियावादी, निरङ्कुशतावादी र अझै पनि तानाशाही मिजाजमा लुट मच्चाउन पल्किएकाहरूले ‘गणतन्त्रले केही गरेन’ भनेर संघीय लोकतन्त्र र समावेशितामाथि प्रहार गर्ने जमर्को गरिरहेका छन्, दाहालले भने, यो विषयलाई गम्भीर चिन्तन९मनन गर्नुपर्छ। इतिहासलाई पछाडि फर्काउने प्रयास रोक्नुपर्छ।

लोकतन्त्र आएपछि देशमा धेरै कुरा परिवर्तन भएको उनले बताए। पार्टीहरूले शासन गर्न थालेयता जनताले जुन अपेक्षा गरेका थिए, त्यो पूर्ण रूपमा पूरा त हुन सकेको छैन, तर ‘केही पनि भएन’ भन्नु पूर्णतः असत्य हो, उनले भने।

त्यहाँदेखि यहाँसम्म आइपुग्दा भौतिक पूर्वाधार, विशेष गरी सडक निर्माणमा क्रान्ति नै भएको छ। गुणात्मक रूपमा विकास भएको छ। हजारौँ किलोमिटर सडक यसबीचमा पक्की बनेका छन्, दाहालले भने, सयौँ वर्षदेखि हुन नसकेको विकास गणतन्त्रपछि सम्भव भएको हो। गणतन्त्र आउनुअघि सरदर आयु ५७र५८ वर्ष थियो, अहिले ७२ वर्ष पुगेको छ। किन भयोरु बाल मृत्युदर उल्लेखनीय रूपमा घटेको छ। किनरु स्वास्थ्य क्षेत्रमा देशैभरि संरचना विस्तार भएको छ, केही छिट्टै सम्पन्न हुने प्रक्रियामा छन्— किन?

लोडसेडिङको सन्दर्भमा उनले भने, एक समयको त्यो भयावह अवस्था सम्झनुस्। अहिले झन्डै ९८ प्रतिशत जनता विद्युत् सुविधाबाट लाभान्वित छन्। के यो गुणात्मक प्रगति होइनरु यसलाई नदेख्ने

प्रचण्डले आफू प्रधानमन्त्री भएका १८ महिनामा गम्भीर चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गरे। गोरखा–२ का प्रतिनिधिका रूपमा आफूसँग भएको प्रतिबद्धता पूरा गर्न नसकेको अनुभूति पनि उनले व्यक्त गरे।

मैले आत्मसमीक्षा गरेको छु, पार्टीले पनि गरेको छ। अब आउने दुई ढाई वर्षमा आफ्नो निर्वाचन क्षेत्रलाई झनै ध्यान दिनुपर्छ, उनले भने, धुलोरहित र पक्की सडक बनाउन, जडीबुटी र पर्यटनका क्षेत्रमा काम अघि बढेको छ। केही नगरेको भन्नु अन्याय हुन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group