ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शनिबार बिहान शिक्षक र सरकारबीच निर्णायक वार्ता


एबीसी न्यूज

काठमाडौं १२ बैशाख । सरकार र आन्दोलनरत शिक्षकबीच भोलि शनिबार बिहान ७:३० बजे वार्ता हुने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरी शिक्षकहरूसँग भोलि बिहान वार्ता गर्न लागिएको जनाएका हुन्।

पौडेलले जारी विज्ञप्तिमा वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न शिक्षामन्त्री रघुजी पन्तले आह्वान गरेको उल्लेख छ।

सिंहदरबार प्रवेश पास नदिएपछि भाँडियो शिक्षक(सरकार वार्ता

मन्त्रालयले आजको बैठक कारणवस हुन नसकेको पनि भनेको छ। मन्त्रालयले के कारणले वार्ता नभएको भन्ने नखुलाए पनि वार्ताका लागि शिक्षकहरूले सिंहदरबार प्रवेश पास नपाएपछि आजको वार्ता हुन नसकेको हो।

शिक्षकका प्रतिनिधि हिँडेपछि पास बोकेर सिंहदरबारको गेटमा पुगे सहसचिव र डीएसपी
शिक्षक नेता सानुभाइ कार्कीका अनुसार यसअघि मन्त्रालय प्रवेश गर्ने पास देखाए प्रवेश नदिइएको र छुट्टै पास मागेपछि शिक्षकका प्रतिनिधिहरू सिंहदरबार गेटबाटै फर्किएका थिए।

मन्त्रालयले सर्वोच्च अदालतले बिहीबार जारी गरेको आदेश आज प्राप्त भएको र उक्त आदेशअनुसार नेपाल शिक्षक महासंघसँग छलफल गर्न लागिएको जनाएको छ।

मन्त्रालयले शिक्षक महासंघका अध्यक्षसहित पदाधिकारीलाई छलफलमा सहभागी हुन आह्वान गरेको छ।
शिक्षक नेता कार्कीका अनुसार शनिबार बिहानको वार्ता निर्णायक हुन सक्छ। आज हामी सबैलाई भित्र सिंहदरबार जान दिइएन। जान नदिएपछि हामी आफ्नै आन्तरिक छलफलमा लाग्यौँ, कार्कीले भने, भोलि बिहान छलफलमा बस्ने भनिएको छ। सायल यो छलफल निर्णायक हुन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com