ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार परिवर्तनको कुराले आरजु छक्क, प्रधानमन्त्री र कांग्रेस सभापतिबीच कुराकानी


एबीसी न्यूज
बैशाख १२, २०८२ शुक्रबार   १ : ५९   बजे

काठमाडौं १२ बैशाख । परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको बताएकी छन् । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले जानकारी दिइन् ।

थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सरकार परिवर्तनको हल्लाबारे सोधेका थिए ।

सो जिज्ञासामा उनले मनोरञ्जनका लागि हल्ला चलाइएको बताइन् । ‘तपाईंहरुले आफैं भन्नुभो हल्ला भनेर,’ उनले प्रश्नकर्ता पत्रकारलाई भनिन्, ‘अलिअलि इन्टरनेटमेन्टका लागि पनि यस्ता न्यूजहरु आउने गर्छ ।’

सरकार परिवर्तनबारे आएका समाचार हेरेर छक्क परेको उनले बताइन् ।

उनले थपिन्, ‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला । विदेशमा गएर त यहाँको सरकार परिवर्तन हुँदैन ।’

सरकारका विषयमा विहीबार बेलुका कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुराकानी पनि भएको आरजुले जानकारी दिइन् । ‘बेलुका सभापतिज्यू र प्रधानमन्त्री ज्यूको कुराकानी पनि भाको छ, त्यस्तो केही पनि छैन,’ उनले भनिन्, ‘फोनमा कुरा भयो ।’

देउवा र आरजु सँगै बैंकक गएका थिए । उनीहरु दुवै जना आज स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group