ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जगदुल्लाको ठेक्का प्रकरणमा २ चिनियाँ कम्पनी आमनेसामने, सिनो हाइड्रोले दियो जेसीईविरुद्ध उजुरी


एबीसी न्यूज
बैशाख ११, २०८२ बिहीबार  १ : २० बजे

काठमाडौं ११ बैशाख । १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा २ चिनियाँ कम्पनी मुद्दा मामिलामा लागेका छन्।

जगदुल्लामा प्राविधिक मूल्यांकनमा छानिएको सिनो हाइड्रो कर्पोरेसनले अर्को चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ९ग्रुप० कर्पोरेसन लिमिटेड ९जेसीई०विरुद्ध उजुरी दिएको हो।

सार्वजनिक खरिद अनुगमन कार्यालयमा दिइएको उजुरीमा जेसीईको हाइड्रोपावरमा काम गरेको आधिकारिक इतिहास नभएको र बोलपत्रअनुसार कम्पनीको योग्यता नै नपुग्ने दाबी गरिएको छ।

प्राविधिक मूल्यांकनमा यी २ कम्पनी छानिएका छन्। तर कम रकम प्रस्तावको आधारमा नेपाली कम्पनीसँग जेभी गरेको जेसीईले ठेक्का पाउने पक्कापक्की भइसकेको छ।

यस्तो अवस्थामा सिनो हाइड्रोले जेसीई–एएनके जेभीविरुद्ध उजुरी गरेको हो। जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले गत वर्ष माघ ७ देखि फागुन २१ गतेसम्म आवेदन दिनसक्ने गरी ग्लोबल टेन्डर आह्वान गरेको थियो।

सिभिल र हाइड्रोमेकानिकल कामका लागि आह्वान भएको टेन्डरमा जेसीई–एएनके, सिनो हाइड्रो, टुएमजी–फेवा कन्स्ट्रक्सन, सिल–थ्रिएचसीले आवेदन दिएका थिए।

यीमध्ये दुई चिनियाँ कम्पनी प्राविधिक रुपमा छनोट भएको सूचना मंगलबार सार्वजनिक भएको थियो।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले प्राविधिक प्रस्ताव मात्रै खोलेकाले आर्थिक प्रस्तावबारे वैशाख २४ गते मात्रै आधिकारिक जानकारी आउनेछ।

स्रोतका अनुसार जीसीई–एएनकेले १२ अर्ब १५ करोड रुपैयाँ प्रस्ताव गरेको छ भने सिनो हाइड्रोले भ्याटबाहेक १३ अर्ब १४ करोड रुपैयाँ प्रस्ताव गरेको छ।

‘चिनियाँ मन्त्रालय वा सरकारी निकायले ९एनडीआरसी० जेसीईलाई हाइड्रोपावरमा काम गर्नका लागि कुनै प्रमाणपत्र दिएको छैन’, उजुरीमा भनिएको छ, ‘आयोजना सम्पन्न गरेका कागजात आवश्यक पर्नेमा जेसीईले खरिद प्रक्रियामा बुझाएका कागजातहरु जीपीएस र जीआईएस लेकेसन, फोटोग्राफीको प्रमाण जाँचयोग्य छ।’

प्राविधिक योग्यता पुर्‍याउनका लागि विगतका अनुभवलाई गलत तरिकाले देखाएको आरोप जेसीईविरुद्ध लगाइएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयलाई जेसीई–एएनके जेभीले बुझाएका प्रमाणलाई पुनः मूल्यांकन गर्न समेत अनुरोध गरिएको छ।

जेसीईले आयोजना सम्पन्न गरेको भनी देखाएका जीपीएसरजीआईएस लोकेसन, फोटोग्राफलाई परीक्षण गर्न उजुरीमा माग गरिएको छ।

‘जेसीईले यदि कुनै गलत विवरण पेस गरेको रहेछ भने सार्वजनिक खरिद नियमावलीअनुसार कारबाही गर्न अनुरोध छ’, उजुरीमा भनिएको छ।

खरिद प्रक्रियामा भारतीय कम्पनी एसआईएल र नेपाली थ्रिएचसी जेभीले भ्याटबाहेक १२ अर्ब ४६ करोडको प्रस्ताव गरेको थियो।

एसआईएल–थ्रिएचसी जेभी प्राविधिक रुपमा अयोग्य भएका छन्। सीउ इन्फ्रास्टक्चर लिमिटेड भारतीय कम्पनी हो भने हाई हिमालयन हाइड्रो ९थ्रिएचसी० नेपाली कम्पनी हो।

यसबाहेक अर्को टुएमजी फेवा जेभी पनि यस प्रक्रियामा सामेल छ। फेवा कन्स्ट्रक्सन प्रालिको नेतृत्वमा टर्किस कम्पनी टुएमजी इनस्याट मादेनसिल्क रहेको छ। प्राविधिक रुपमै बाहिरिएको कम्पनीले करिब १३ अर्ब नै प्रस्ताव गरेको थियो।

डोल्पामा निर्माण हुने आयोजना बनाउन २३ अर्ब लागत अनुमान गरिएको छ। जसमा १६ अर्ब ऋण र ७ अर्ब स्वपुँजीबाट जुटाउन लागिएको छ। अहिले सिभिल र हाइड्रो मेकानिकलको मात्रै ठेक्का लागेको छ। आयोजनाबाट ५ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com