काठमाडौं ११ बैशाख । भारत प्रशासित राज्य जम्मु(कश्मीरको उधमपुरमा सुरक्षा बल र आतंककारीहरूबीच भिडन्त भइरहेको छ।
सेनाको ह्वाइट नाइट कोर्प्सले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार मुठभेडमा एक सैनिक मारिएका छन्।
पोस्टमा भनिएको छ, ‘हाम्रा एक बहादुरलाई सुरुवाती मुठभेडमा गम्भीर चोट लागेको थियो र पछि उत्तम चिकित्सा प्रयासका बाबजुद उनको मृत्यु भयो।’
मुठभेड अझै जारी रहेको पोस्टमा उल्लेख छ।
मंगलबार ९अप्रिल २२० मात्र जम्मु(कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसहित २८ जना मारिएका थिए।
उक्त आक्रमणमा पाकिस्तानप्रति आशंका गर्दै भारतले सिन्धु जल सन्धि निलम्बनलगायत विभिन्न निर्णय गरिसकेको छ।
भारतले बुधबार साँझ सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति ९सीसीएस० बैठक राखेर पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन तथा अटारी सीमा बन्द गर्नेलगायत निर्णय गरेको छ।
बैठकले सार्क भिसा छुट कार्यक्रमअन्तर्गत अब पाकिस्तानी नागरिकलाई भारत प्रवेश गर्ने अनुमति रद्द गर्दै पाकिस्तानीहरूलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन दिइको छ।
यसैगरी दिल्लीस्थित पाकिस्तानी दूतावासमा रहेका सैन्य सहचारीहरूलाई पनि एक हप्ताभित्र भारत छाड्न भनिएको छ। साथै पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट ३० मा घटाउने निर्णय पनि भारतले गरेको छ।







प्रतिक्रिया दिनुहोस्