ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कश्मीर हमलाका मास्टरमाइन्ड लश्कर-ए-तैयबाका उपप्रमुख सैफुल्लाह खालिद


एबीसी न्यूज

काठमाडौं ११ बैशाख । जम्मु(कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार २८ जना मारिने गरी भएको आतंकवादी हमलामा ५ आतंककारी संलग्न रहेको खुलासा भएको छ।

तीमध्ये दुई जना स्थानीय व्यक्ति र तीन जना पाकिस्तानी रहेको तथ्य प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको दैनिक भास्करले जनाएको छ। उक्त पत्रिकाका अनुसार प्रहरीले सोधपुछका लागि सयौँ मानिसलाई नियन्त्रणमा लिएको छ।

सुरक्षा र गुप्तचर एजेन्सीहरूले संदिग्ध आतंककारीहरूको स्केच जारी गर्दै उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा रहेको बताएका छन्।

गुप्तचर स्रोतहरूले आक्रमणको मास्टरमाइन्ड लश्कर(ए(तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको बताएका छन्, जो पाकिस्तानमा छन्।

घटनाको जिम्मेवारी लश्कर(ए(तैयबाअन्तर्गतकै रेजिस्टेन्स फ्रन्ट ९टीआरएफ० ले जिम्मेवारी लिइसकेको छ।

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने यस आक्रमणमा आफ्नो देशको कुनै हात नभएको स्पष्टीकरण दिएका छन्।

मंगलबार आतंकवादी हमलामा मारिएका २८ पर्यटकमा १ जना नेपाली छन्। हमलामा २० जनाभन्दा बढी घाइते भएका छन्।

हमलामा रुपन्देही बुटवल(११ का सुदीप न्यौपाने मारिएका हुन्। आक्रमणमा उनकी आमा रिमकला पाण्डे पनि घाइते भएकी छन्। उनीहरू पहलगाम घुम्न गएका थिए।

उक्त हमला पहलगामको बैसरण उपत्यकामा ठूलो संख्यामा पर्यटक रहेका बेला गरिएको थियो। मारिएका नागरिकमा एकरएक जना नेपाल र यूएईका र बाँकी मानिस भारतकै उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशावासी भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

मंगलबार पहलगाममा भएको हमला सन् २०१९ यताकै सबैभन्दा ठूलो भएको बताइएको छ। यसअघि १४ फेब्रुअरी २०१९ मा पुलवामा आत्मघाती आक्रमण हुँदा ४० सैनिक मारिएका थिए। यसको जिम्मेवारी जैश(ए(मोहम्मदले लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com