काठमाडौं १० बैशाख । भारतको पर्यटकीय राज्य जम्मु–कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा मारिएका एक नेपाली सहित २८ जना मारिएको भारतीय अधिकारीहरुले जनाएका छन् ।
दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मारिएका हुन्। समाचारमा उनको ठेगाना नेपाल मात्र उल्लेख छ।
जम्मु–कश्मीरमा मंगलबार २०१९ को पुलवामा आक्रमणपछि सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो।
हमलामा एक नेपालीसहित २८ जना मारिएका हुन्। तिनमा यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको दैनिक भास्करले जनाएको छ।
हमला मंगलबार दिउँसो २ः४५ बजे पहलगामको बैसरन उपत्यकामा भएको हो।
भारतीय मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागे।
यसैबीच आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबाले लिएको छ।
घटनामा २० जनाभन्दा बढी घाइते भएका छन्।
घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ।
हेलिकप्टरबाट पनि निगरानी भइरहेको छ।
घटना लगत्तै साउदी अरेवियको राजकीय भ्रमणमा पुगेका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर अहिले विहान देश फर्कंदै छन् ।
प्रतिक्रिया दिनुहोस्