ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युक्रेन र रुसले एकअर्कालाई लगाए ‘इस्टर युद्धविराम’ उल्लंघन गरेको आरोप


एबीसी न्यूज
बैशाख ८, २०८२ सोमबार  १० : ५५ बजे

काठमाडौं ८ बैशाख । युक्रेन र रुसले एकअर्कालाई ३० घण्टा लामो ‘इस्टर युद्धविराम’ उल्लंघ गरेको आरोप लगाएका छन्। जुन युद्धविराम शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका हुन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबारदेखि रुसले झन्डै ३ हजारपटक युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। रुसले युक्रेनमा सयौँ ड्रोन प्रहार गरेको आरोप छ।

उता रुसको रक्षा मन्त्रालयले भने युक्रेनले गरेको आक्रमण रोकेको दाबी गरेको छ।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन(रूस युद्ध अन्त्य गर्न चाहेको बताएका छन्।

उनले भनेका छन्( आशा छ, रुस र युक्रेन यसै हप्ता सम्झौतामा पुग्नेछन्। तर उनले यससँग सम्बन्धित थप जानकारी दिएका छैनन्।

रुसले २०२२ २४ फेब्रुअरीमा युक्रेनमा ठूलो आक्रमण गरेयता दुई देशबीच युद्ध जारी छ।

अहिलेसम्म रुसले उसले युक्रेनको झन्डै २० प्रतिशत भाग कब्जा गरिसकेको छ। जसमा २०१४ मा रुसले गाभेको क्रिमिया पनि पर्छ।

२०२२ देखि जारी युद्धमा लाखौँ मानिस मारिएका र घाइते भएका छन्, जसमा धेरैजसो सैनिक रहेको अनुमान गरिएको छ।

गत महिना अमेरिका र युक्रेनले प्रस्ताव गरेको बिनासर्त युद्धविराममा रुस राजी भएन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

सम्बन्धित

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com