ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणतन्त्रलाई सुदृढ गर्ने विषयमा हामीबीच मतभेद छैन- अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

काठमाडौं ७ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले तीन दलका शीर्ष नेताहरूबीच शान्ति प्रक्रियाका बाँकी कामको विषयमा छलफल भएको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन दलका शीर्ष नेताहरूसँगको छलफलका क्रममा शान्ति प्रक्रियाकाका बाँकी कामका विषयमा छलफल भएको बताएका हुन्।

‘हिजोको बैठकमा प्रधानमन्त्रीज्यूले गणतन्त्रका विषयमा कुरा उठाउनुभयो,’ उनले भने, ‘गणतन्त्र सुदृढीकरण गर्ने विषयमा कसैको पनि दुईमत छैन, हाम्रो पहिलादेखि नै यसमा सहमति छ।’

गणतन्त्र खतरामा छ भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको पनि उनले बताए। प्रचण्डले जनमतको दृष्टिकोणले पनि गणतन्त्र खतरामा छ भन्ने पुष्टि नहुँने स्पष्ट पारे।

कांग्रेसको नेतृत्वमा सरकार बने नेकपा माओवादी केन्द्रले सघाउने उनले बताए। ‘तर अहिले कै अवस्थामा सरकारमा जाने वा सघाउने भन्ने विषय हुनै सक्दैन,’ प्रचण्डले भने।

अहिले कांग्रेस–एमालेभित्रबाट पनि सरकारका विषयमा नकारात्मक कुराहरु आइरहेको दाबी गर्दै प्रचडले यो सरकार लामो समय जान नसक्ने बताए। नेकपा माओवादी केन्द्र विराटनगर कमिटीको आजदेखि विराटनगरमा सुरु हुन लागेको सम्मेलनमा सहभागी हुन प्रचण्ड विराटनगर आएका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com