ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल


एबीसी न्यूज
बैशाख ६, २०८२ शनिबार   ५ : ५३   बजे

काठमाडौं, ६ वैशाख । नेपाल अर्को वर्ष हुने आईसीसी १९ वर्षमुनिको विश्वकपमा पुग्न असफल भएको छ । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल र अफगानिस्तानबीच आजको खेल वर्षाका कारण रद्द भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो ।
अर्को वर्ष जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकपमा पुग्न नेपाललाई यो खेल जित्नै पर्ने थियो । अफगानिस्तानलाई बराबरीले पनि पुग्थ्यो । तर हिजो बेलुकादेखि बिहानसम्म भएको वर्षाले मूलपानी मैदान भिजेर खेल सञ्चालन हुन ढिलाइ भएको थियो । ३० यार्ड सर्कलभित्रको मैदान सबै सुके पनि बाउन्ड्री लाइन छेउछाउको मैदान नसुकेका कारण म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल हुन पनि सम्भव नभएको बताउँदै खेल रद्द गरेका हुन् ।
नेपाल र अफगानिस्तान पहिलो तीन खेल जितेर निर्णायक अवस्थामा आइपुगेका थिए । नेट रन रेटमा अफगानिस्तान अघि थियो । नेपाल, ओमान, यूएई अफगानिस्तान र हङकङ सहभागी यो प्रतियोगिता विजेता टोली १९ वर्षमुनिको विश्वकपमा पुग्ने व्यवस्था थियो । नेपालले गएको वर्ष दक्षिण अफ्रिकामा भएको आईसीसी १९ वर्षमुनिको विश्वकपमा अफगानिस्तानलाई एक विकेटले पराजित गरेको थियो ।
त्यसपछि नोभेम्बरमा यूएईमा भएको एशिया कपमा पनि नेपालले अफगानिस्तानलाई जितेको थियो । यो प्रतियोगिता अघि नेपाल र अफगानिस्तानका १९ वर्षमुनिका टोलीले तीन खेलको शृङ्खला खेलेकामा अफगानिस्तान २–१ ले विजयी भएको थियो । नेपालले यसअघि आठ पटक आईसीसी १९ वर्षामुनिको विश्वकप खेलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group