ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै


एबीसी न्यूज

काठमाडौं ३१ चैत । आइसीसी १९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि शुरु हुँदैछ । घरेलु टोली नेपालले आज यूएईसँग आफ्नो पहिलो खेल खेल्दै छ । यो खेल मूलपानीको तल्लो क्रिकेट मैदानमा बिहान ९ बजे शुरु हुनेछ ।

यस मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन लागेको हो । प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुनेछन् । नेपालले भोलि ओमानसँग, बुधवार हङकङसँग र शनिवार अफगानिस्तानसँग खेल्नेछ ।

राउन्ड रोबिन लिगमा सबैभन्दा धेरै अङ्क ल्याउने टोली विजेता बन्दै १९ वर्षमुनिको विश्वकपमा पुग्नेछ । आजदेखि शुरु हुने खेल आउँदो वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको १९ वर्षमुनिको विश्वकपमा अफगानिस्तानलाई पराजित गर्दै सुपर सिक्समा प्रवेश गरेको थियो । समूह चरणबाटै बाहिरिएपछि टेस्ट मान्यताप्राप्त अफगानिस्तान अहिले एशिया छनोट खेल्न आएको हो ।

राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता विजेता २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी १९ वर्षमुनिको विश्वकपका लागि छनोट हुनेछ । नेपालले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग तीन एकदिवसीय खेल खेलेर प्रतियोगिताको तयारी गरेको थियो । त्यसमा नेपाल २–१ ले पराजित भएको थियो ।

यसैबीच नेपालले १९ वर्षमुनिको विश्वकप छनोट तेस्रो पटक आयोजना गर्न लागेको हो । यसअघि सन् २००१ र २००५ मा गरी घरेलु मैदानमा दुई पटक आयोजना भएको एसीसी १९ वर्षमुनिको कप जित्दै नेपाल १९ वर्षमुनिको विश्वकपमा पुगेको थियो । नेपालले आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com