काठमाडौं ३० चैत्र । अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ९ बजे जारी गरेको सूचनाअनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित वर्षा भइरहेको छ। महाशाखाले भनेको छ– उक्त वर्षा गराउने प्रणाली उत्तरपूर्व सर्दै गरेकाले केही समयपछि उक्त स्थानमा वर्षा हुने देखिएकाले सतर्कता अपनाउनु होला।







प्रतिक्रिया दिनुहोस्