ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं र ललितपुरका यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने


एबीसी न्यूज

काठमाडौं, ३० चैत्र । काठमाडौं र ललिपुरका विभिन्न स्थानमा शनिबार एकदेखि पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणले सूचना निकालेर काठमाडौं र ललितपुरका विभिन्न वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गका स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने जनाएको छ।
काठमाडौंको बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडर अन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभन्ज्याङ क्षेत्रमा विद्यत पोल स्थानान्तरण कन्डक्टर स्तरोन्नति गर्नका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।

काठमाडौंकै रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल अगाडी, विश्वज्योति हल एरिया, यलो पगोडा, अन्नपुर्ण होटेल भित्र सम्म, निर्वाचन आयोग अगाडिसम्म बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
ती क्षेत्रमा भूमिगत तार बिच्छ्याउनका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै ललितपुरको लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडर अन्तर्गत पर्न ग्वार्को, इमाडोल, कृष्णमन्दिर, ढुंगेसागुँ, बोजेपोखरी, टिकाथली, नर्कटे, लुभ, चाँगाथली क्षेत्रमा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

लगनखेल वितरण केन्द्रकै जावलाखेल फिडर अन्तर्गत जावलाखेल, कुमारिपाटि, नटोल क्षेत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
त्यस्तै लगनखेल वितरण केन्द्रकै रिङरोड फिडर अन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुर,एभिएम चोक, कुसुन्ति, कान्तिपुर कोलोनि, नखिपोट, शिवचोक, चुम्लुङ्ग भवन लगायतका क्षेत्रमा ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ।

तोकिएको काम निर्धारित समयअगावै सम्पन्न भए तोकिएको समयभन्दा अगाडि विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com