ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीनकुने घटनाबारे छानबिन समिति गठन गर्न संसदीय समितिको निर्देशन


एबीसी न्यूज
चैत्र २९, २०८१ शुक्रबार  ६ : ५१ बजे

काठमाडौं २९ चैत कानुन, न्याय तथा मानव अधिकार समितिले तीनकुने घटनाबारे छानबिन समिति गठन गरी दोषीमाथि कानूनी कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।

शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। सभापति बिमला सुवेदीले उक्त घटनामा मानव अधिकारको गम्भीर उल्लंघन भएको बताइन्। उनले घटनामा शान्ति सुरक्षा कायम गर्ने सरकारको दायित्वमा कमजोरी देखिएको बताइन्। उनले आगामी दिनमा राज्यले यस्ता घटना दोहोरिन नदिन समितिले सचेत गराएको बताइन्।

सभापति सुवेदीले सुरक्षा चुनौतीको विश्लेषणका आधारमा शान्ति सुरक्षा व्यवस्थाको प्रवन्ध मिलाउनु पर्ने बताइन्। उनले उक्त घटनामा मृतकका परिवारलाई क्षतिपूर्र्ति तथा घाइतेको उपचारको व्यवस्थालाई थप प्रभाकारी बनाउन सरकारलाई निर्देशन दिएको बताइन्।

सभापति सुवेदीले आगामी दिनमा सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानमा मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक आवश्यक प्रवन्ध मिलाउन सरकाराई निर्देशन दिएको बताइन्।

उनले भनिन्, ‘उक्त घटनामा आमनागरिकको जिउ धनको सुरक्षा गर्ने र राज्यले दरिलो सुरक्षा रणनीतिको निर्माण र नतिजामुलक कार्यान्वयनमार्फत देशमा शान्ति सुरक्षा तथा अमनचयनप्रति प्रत्याभुत गर्ने समबन्धमा राज्यपक्षको कमीकमजोरीहरु देखिएकाले आगामी दिनमा शान्ति सुरक्षासँग सम्बन्धित नीति तथा कानुनी सुधार गर्न सुरक्षा निकायसँग सम्बन्धित निकायलाई साधन स्रोत सम्पन्न र प्रविधि मैत्री बनाउँदै संगठनात्मक र मानव स्रोतगत व्यवस्थापन परिणाममुखी बनाउन र अब उप्रान्त यस्ता घटनाहरु दोहोरिन नदिने गरी सुरक्षा चुनौतीको विश्लेषणका आधारमा अपेक्षित सुरक्षा व्यवस्थाको प्रवन्ध गर्न र अब उप्रान्त सुरक्षा संवेदनशीलतालाई उच्च प्राथकितामा राखेर उचित स्थानलाई मात्र प्रदर्शन गर्न अनुमति दिने आवश्यक प्रवन्ध गर्न, घाइतेका निःशुल्क उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन एवं सो घटनामा मानव अधिकारको गम्भीर उल्लघंन भएको देखिएकाले छानविन समिति गठन गरी सत्यतथ्य पत्ता लगाउन र सो आधारमा दोषी देखिएका व्यक्ति वा संस्थाका उपर प्रचलित कानून बमोजिम कडा भन्दा कडा कारबाहीको प्रवन्ध गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन गर्ने निर्णय गर्ने भन्ने प्रश्ताव गरेको छु।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

‘प्रदेश तलबले होइन, भ्रष्टाचारले देश डुबेको हो ‘: बालेन्द्र शाह

बालेन पनि बोल्न थाले : झापामा डोजर ‘आतंक’ को प्रश्नमा के भने ?

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com