ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती सरकार, तीन घण्टा लामो सर्वदलीय बैठक निष्कर्षविहीन


एबीसी न्यूज

काठमाडौं १९ चैत । बागमती प्रदेशसभाको बैठक स्थगित हुने सम्भावना बढेको छ। आज बिहान बसेको बागमती प्रदेश सभाको सर्वदलीय बैठकमा दलहरूबीच सहमति नजुट्दा प्रदेशसभा बैठक स्थगित हुने सम्भावना बढेको हो।

प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायत अन्य दलले विगतमा भएको बजेटको सहमति कार्यान्वयन नभए सदन चल्न नदिने अडान राखेका छन्।

तीन घण्टा चलेको सर्वदलीय बैठकमा सहमति नजुटेको प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराजको गोसाइँले जानकारी दिए।

लामो समय सर्वदलीय बैठक बस्यो तर नेमकिपाबाहेक दलहरूको सहमति जुटेको छैन, उनले भने।

यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि संसद् अवरोध गर्ने बताउँदै आएको छ। जसकारण आज दिउँसो १ बजे सुरु हुने भनिएको प्रदेशसभा बैठक अन्योल देखिएको छ।

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेशसभामा सातवटै दलका संसदीय दलका नेताहरूको उपस्थिति रहेको थियो।

११० प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा नेपाली काङ्ग्रेसका ३७ नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को १३, नेपाल मजदुर किसान पार्टीको ३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com