ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्यानमारमा भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो


एबीसी न्यूज
चैत्र १९, २०८१ मंगलबार  ७ : ५० बजे

काठमाडौं १९ चैत । म्यानमारमा गएको विनाशकारी भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५६ पुगेको छ । तीन हजार ९ सयभन्दा धेरै घाइते भएका छन् । अझै दुई सय ७० जना हराइरहेका छन् । मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको बीबीसीले जनाएको छ ।

गएको शुक्रवार म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको भूकम्पमा पूर्व प्राथमिक विद्यालयको भवन भत्किँदा १२ जना बालबालिका र केही शिक्षकशिक्षिकाको ज्यान गएको विद्यालयले पुष्टि गरेको छ । तर स्थानीयले झण्डै ४० जना बालबालिकाको ज्यान गएको हुनसक्ने बताएका छन् ।

सरकारले यही अप्रिल ६ सम्म राष्ट्रिय शोकको घोषणा गर्दै झण्डा आधा झुकाउने निर्णय गरेको छ । भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारको काम भइरहेको छ ।

पछिल्लो चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक र स्वास्थ्य प्रणाली नै धरासायी भएको म्यानमारले अन्तर्राष्ट्रिय सहायता मागेको छ ।

विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले आपतकालीन सहायता घोषणा गर्दै आउँदो ३० दिनभित्र आठ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने बताएको छ ।

रेडक्रसले पनि सय मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ । चीन, रूस, भारतलगायतका देशहरूले सहायता उपलब्ध गराइरहेका छन् । तर, सङ्कटको बीचमा पनि म्यानमारको सैन्य सरकारले विरोधी समूहहरू विरुद्ध हवाई आक्रमण गरिरहेको छ । भूकम्पपछि भएको हवाई आक्रमणमा सात जना विद्रोहीको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

म यसकारण ‘विचौलिया’ –डा मिनेन्द्र रिजाल (भिडियो वार्ता)

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com