ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो सम्झौता भएको थियो पूर्वराजा शाहबीच र तत्कालीन गृहमन्त्री सिटौलाबीच


एबीसी न्यूज

काठमाडौं १८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गणतन्त्र घोषणापछि भएको सम्झौता पूर्वराजा ज्ञानेन्द्र शाहले तोडेको बताएका छन्।

चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले गरेको हिंसा पूर्वराजा शाहकै निर्देशनमा भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले यसबाट त्यतिबेलाको सम्झौता तोडिएको दाबी गरेका हुन्।

प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधि सभा बैठकमा बताएअनुसार संविधानसभाको ऐतिहासिक निर्णयपछि पूर्वराजा ज्ञानेन्द्र शाहसँग विभिन्न बुँदामा सम्झौता गरिएको थियो। यसका लागि सरकारका तर्फबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले संवादरव्यवस्थापन गरेका थिए।

‘त्यतिखेर नागरिकको हैसियतमा शान्त जीवन बिताउने, नागरिकको कानुनी र संवैधानिक अधिकार प्रयोग गरी व्यापार, व्यवसाय सञ्चालन गर्ने, पूर्वराष्ट्रप्रमुखको हैसियतमा सरकारले सुरक्षाको प्रबन्ध गर्ने र उहाँलाई नागार्जुन दरबार प्रयोग गर्न र उहाँको मातालाई प्रयोग गरिरहेको नारायणहिटी दरबार परिसरको भवन प्रयोग गर्न दिने सहमति भएको थियो।’

तर अहिले आएर पूर्वराजा ज्ञानेन्द्र सम्झौताविपरीत गतिविधिमा संलग्न भएको सरकारको ठम्याइ छ।

राजसंस्था पुनस्स्थापनाका लागि भन्दै राजावादी समूहले चैत १५ गते तीनकुेनमा गरेको प्रदर्शनका क्रममा पत्रकारसहित २ जना मारिए भने तोडफोड, आगजनी र लुटपाट गर्दा करोडौँको क्षति भएको छ।

प्रदर्शनमा हिंसाका लागि निर्देशन दिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनालाई प्रहरीले हिरासतमा राखेर मुद्दा चलाएको छ।

त्यस प्रदर्शनका लागि जनकमान्डर तोकिएका दुर्गा प्रसाईं भने त्यही दिनदेखि फरार छन्। प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com