ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो


एबीसी न्यूज
चैत्र १८, २०८१ सोमबार   ७ : २९   बजे

काठमाडौं १८ चैत । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ रनले पराजित गरेको छ । हिजो भएको खेलमा राजस्थानले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका कप्तान ऋतुराज गाडकवाडले सर्वाधिक ६३ रन बनाए । राजस्थानका वानिदु हसरंगाले चार विकेट लिए । त्यसअघि बर्सापारा क्रिकेट रङ्गशाला, गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।

राजस्थानका नीतिश रानाले सर्वाधिक ८१ रन बनाए । चेन्नईका नूर अहमद, खलिल अहमद र मथिशा पाथिरानाले समान दुई विकेट लिए । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ खेलमध्ये राजस्थानको यो पहिलो जीत हो । आफ्नो पहिलो खेलमा जीत हासिल गरेको चेन्नईको भने लगातार दोस्रो हार हो । राजस्थान र चेन्नईको समान २ अङ्क रहेको छ ।

यसैबीच हिजो भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । विशाखापटनममा भएको खेलमा हैदराबाद टस हारेर पहिले ब्याटिङ गर्दै १९ ओभर ४ बलमै १६३ रनमा समेटियो ।

उसका अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाए । दिल्लीका मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । यस्तै कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए । १६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

ओपनर फाफ डुप्लेसले ५० रन बनाए भने जेक फ्रेजर मेगर्कले ३८ रन जोडे । हैदराबादका लागि जिशान अन्सारीले ३ विकेट लिए ।

यो जीतसँगै दिल्लीले २ खेलमा ४ अङ्क जोडेको छ भने हैदराबादको ३ खेलमा २ अङ्क रहेको छ । आइपीएलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृषि र उर्जा उज्यालोको मुल मुद्धा ः उज्यालो पार्टी,उपाध्यक्ष, डा. लावती भिडियो ।

प्रधानमन्त्री साहले राजीनामा दिनुपर्छ ः एमाले नेता, सुवेदी भिडियो

सम्बन्धित

मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु, धार्के बजार क्षेत्रमा धमाधम काम हुँदै (तस्बिरसहित)

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

अस्ट्रेलिया २–० टर्की: इरानकुन्डाको चमक र योजनाबद्ध खेलले दिलायो ठूलो जित

अष्ट्रेलियाको ऐतिहासिक जित, टर्कीलाई २–० ले पराजित गर्दै नकआउट चरण नजिक

फिफा विश्वकप–२०२६: अस्ट्रेलियाले टर्कीविरुद्ध अग्रता लियो

कैलालीमा महिलाले खुद्रा सामान बेच्न प्रयोग गर्ने टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group