ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई हरायो


एबीसी न्यूज

काठमाडौं १८ चैत । इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ६ रनले पराजित गरेको छ । हिजो भएको खेलमा राजस्थानले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका कप्तान ऋतुराज गाडकवाडले सर्वाधिक ६३ रन बनाए । राजस्थानका वानिदु हसरंगाले चार विकेट लिए । त्यसअघि बर्सापारा क्रिकेट रङ्गशाला, गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।

राजस्थानका नीतिश रानाले सर्वाधिक ८१ रन बनाए । चेन्नईका नूर अहमद, खलिल अहमद र मथिशा पाथिरानाले समान दुई विकेट लिए । प्रतियोगितामा अहिलेसम्म खेलेका ३ खेलमध्ये राजस्थानको यो पहिलो जीत हो । आफ्नो पहिलो खेलमा जीत हासिल गरेको चेन्नईको भने लगातार दोस्रो हार हो । राजस्थान र चेन्नईको समान २ अङ्क रहेको छ ।

यसैबीच हिजो भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । विशाखापटनममा भएको खेलमा हैदराबाद टस हारेर पहिले ब्याटिङ गर्दै १९ ओभर ४ बलमै १६३ रनमा समेटियो ।

उसका अनिकेत वर्माले सर्वाधिक ७४ रन बनाए । दिल्लीका मिचेल स्टार्कले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । यस्तै कुलदीप यादवले ३ र मोहित शर्माले १ विकेट लिए । १६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १६ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

ओपनर फाफ डुप्लेसले ५० रन बनाए भने जेक फ्रेजर मेगर्कले ३८ रन जोडे । हैदराबादका लागि जिशान अन्सारीले ३ विकेट लिए ।

यो जीतसँगै दिल्लीले २ खेलमा ४ अङ्क जोडेको छ भने हैदराबादको ३ खेलमा २ अङ्क रहेको छ । आइपीएलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com