ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानीमन्त्री र जापानका राजदूतबीच भेटवार्ता


एबीसी न्यूज
चैत्र १४, २०८१ बिहीबार   ७ : २३   बजे

काठमाडौं १४ चैत । खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि जापानका राजदूत माएदा तोरूबीच आज भेटवार्ता भएको छ। उक्त भेटवार्तामा मन्त्री यादवले जापानका लगानीकर्तालाई नेपालमा लगानीका लागि थप प्रोत्साहन गर्न आग्रह गरेका थिए।

मन्त्री यादवले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी भित्र्याउने अपार सम्भावना रहेको बताउँदै जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए। उनले भने, ुनेपाल सरकारले विदेशी लगानीकर्ताको लगानीको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गर्दछ। जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन हामी कटिबद्ध छौँ।

मन्त्री यादवले नेपाल–जापान सम्बन्ध ऐतिहासिक रूपमा प्रगाढ रहेको उल्लेख गर्दै सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यतिखेर थप बलियो र मैत्रीपूर्ण बन्दै गएको उल्लेख गरे। उनले भने, ुभूकम्पलगायत विभिन्न प्राकृतिक विपद्मा जापानी जनता, सरकार, गैरसरकारी संस्था र विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति नेपाल सरकार तथा नेपाली जनता आभारी छन्। नेपालले सदैव जापानसँगको आपसी हित र सहकार्यलाई उच्च महत्तव दिँदै आएको छ।ु

मन्त्री यादवले जापान सरकारले विगतदेखि नेपालका खानेपानी परियोजनामा महत्त्वपूर्ण सहयोग गर्दै आएको उल्लेख गर्दै सन् १९७६ देखि पाल्पाको तानसेन खानेपानी परियोजना, सन् १९९३ मा काठमाडौँको महाङ्कालचौरमा पानी प्रशोधन केन्द्र निर्माण तथा सन् २०१८ मा मेलम्ची खानेपानी आयोजनाअन्तर्गत प्रशोधन केन्द्र निर्माणमा जापानी अनुदान रहेको जानकारी गराए।

त्यस्तै, पोखरा महानगरपालिकाको खानेपानी सुधार परियोजना तथा हालै विराटनगर महानगरपालिकामा सञ्चालित खानेपानी सुधार कार्यमा पनि जापान सरकारको सहयोग रहेको भन्दै उनले जापान सरकारलाई विशेष धन्यवाद दिए।

सोही अवसरमा राजदूत तोरूले जापान सरकार नेपालमा विगतदेखि विभिन्न विकासका परियोजनामा संलग्न रहँदै आएको बताउँदै आगामी दिनमा पनि नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले हामी नेपाल सरकारसँग सहकार्य गर्दै जानेछौँ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group