ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भूटानका राजनीतिक कैदी, शरणार्थी मुद्दा ‘यूएनएचआरसी’ मा उठ्यो


एबीसी न्यूज
चैत्र १३, २०८१ बुधबार   ७ : १७   बजे

काठमाडौं १३ चैत । भूटानका राजनीतिक कैदी, शरणार्थी मुद्दा लगायतका विषयहरू संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद् ९यूएनएचआरसी० मा उठेको छ ।

भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान जीसीआरपीपीबी का संस्थापक एवम् विश्वव्यापी संयोजक राम कार्कीले जीसीआरपीपीबीका युरोप संयोजक गोपाल गुरुङसँगै यही मार्च २४ मा जेनेभामा यूएनएचआरसीको पूर्ण बैठकमा भुटानले राजनीतिक कैदीहरूलाई निरन्तर अस्वीकार गर्दै आएको र मानव अधिकार उल्लङ्घन गरेको भन्दै विरोध गर्नुभयो ।

संयोजक कार्कीले भूटानले स्वेच्छाचारी नजरबन्द, अमानवीय जेल अवस्था र गम्भीर मानसिक तथा शारीरिक दुर्व्यवहारको विश्वसनीय रिपोर्टहरूको बाबजुद पनि राजनीतिक बन्दीहरूको अस्तित्वलाई अस्वीकार गरिरहेको बताउनुभयो ।

धेरै कैदीहरू दीर्घकालीन रोगबाट पीडित रहेका र आफ्ना परिवारबाट अलग्गिएका छन्, उनीहरूलाई आफ्ना प्रियजनहरूको बारेमा कुनै पनि सम्पर्क वा जानकारीबाट वञ्चित गरिएको छ ।

राजनीतिक बन्दीहरूलाई कानूनी आधारविना नै नजरबन्दमा राखिएको कार्यदलले निष्कर्ष निकालेको कार्कीले बताउनुभयो । तर भूटानी राजदूतले भने कैदीहरूलाई भुटानी कानूनअन्तर्गत गम्भीर अपराधका लागि सजाय सुनाइएको दाबी गर्दै कार्कीले उठाएका विषयहरूलाई कुनै अर्थपूर्ण उद्देश्य पूरा नगर्ने निहित स्वार्थ भएका व्यक्तिहरूको काम भनेर खारेज गर्नुभयो ।

यस्तै विज्ञप्तिले नेपालीभाषी भुटानीविरुद्ध भूटानको प्रणालीगत भेदभावलाई थप उजागर गरेको छ जसमा विद्यालयहरूमा उनीहरूको भाषामा प्रतिबन्ध, जग्गा कब्जा, सांस्कृतिक प्रतीकहरू मेटाउने र नागरिकता खारेज गर्नेजस्ता कार्यहरू समावेश छन् । यसले गर्दा धेरैलाई राज्यविहीन बनाएको छ ।

भूटानले आफ्नो विश्वव्यापी आवधिक समीक्षा ९यूपीआर० को समयमा मानव अधिकार उल्लङ्घनसँग सम्बन्धित सबै ६८ वटा सिफारिशलाई अस्वीकार गरेको छ । ती सिफारिशमा अमेरिका, स्विट्जरल्यान्ड, क्यानडा र जर्मनीजस्ता देशहरूबाट राजनीतिक बन्दीहरूलाई रिहा गर्न र जातीय भेदभावलाई सम्बोधन गर्न आह्वान समावेश थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group