ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा मतदानसम्बन्धी नियम परिवर्तन, मतदाता दर्ताका लागि नागरिकताकाे प्रमाण अनिवार्य


एबीसी न्यूज

काठमाडौं १३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदानसम्बन्धी नियममा परिवर्तन गर्दै मतदाता दर्ताका लागि नागरिकताको प्रमाण अनिवार्य गर्नुभएको छ । ट्रम्पले हस्ताक्षर गर्नुभएको कार्यकारी आदेशले चुनावमा हुनसक्ने धाँधली रोक्ने आशा छ ।

ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार यो कदम मतदाता सूचीमा गैरकानूनी रूपमा समावेश अप्रवासीहरूलाई नियन्त्रण गर्न लक्षित छ । ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफ्नो हारको कारण फर्जी मतदान रहेको बताउनुभएको थियो ।

राष्ट्रपतिले एकपक्षीय रूपमा जारी गर्ने कार्यकारी आदेशहरूलाई कानून सरह मानिन्छ र यसका लागि कंग्रेसको स्वीकृति आवश्यक पर्दैन । कंग्रेसले यस्ता आदेश उल्टाउन सक्दैन तर यसलाई अदालतमा चुनौती दिन सकिन्छ ।

अमेरिकामा सबै राज्यका मतदानका नियम एकरूपता छैन । टेक्सास, जर्जिया र इन्डियानाजस्ता राज्यहरूमा मतदान गर्न ड्राइभिङ लाइसेन्स, पासपोर्टजस्ता प्रमाणपत्र देखाउनुपर्छ । क्यालिफोर्निया, न्युयोर्क र इलिनोइसजस्ता राज्यहरूमा भने मतदान प्रक्रिया यति कठोर छैन । ती राज्यहरूमा नाम, ठेगाना बताएर वा बिजुलीको बिलजस्ता साधारण प्रमाण देखाएर पनि मतदान गर्न सकिन्छ ।

यस्तै यो कार्यकारी आदेशले अमेरिकी चुनावहरूमा विदेशी नागरिकहरूबाट चन्दा लिन कडा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com