ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलमान प्रकरणले फेरि स्थगित भयो प्रतिनिधिसभा बैठक


एबीसी न्यूज
चैत्र १३, २०८१ बुधबार   ५ : ०२   बजे

काठमाडौं १३ चैत । बुधबार दोस्रोपटक बसेको प्रतिनिधिसभाको बैठक पनि विपक्षीको अवरोधपछि नियमित कार्यसूचीमा प्रवेश हुनै नपाइ स्थगित भएको छ। विपक्षीले अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बिहीबार बिहान ११ बजे बस्ने सूचना सुनाए।

सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको थियो।

विपक्षी सांसदहरूले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने अडान जारी राखेका छन्।

आज बिहान ११ बजे सुरु भएको बैठक विपक्षीले अवरोध गरेपछि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भयो। विपक्षीले अवरोध जारी राखेपछि सभामुखले आधा घण्टाका लागि स्थगित गरेका थिए।

बैठक स्थगित गरेर सभामुखले दलका प्रमुख सचेतक र सचेतकसँग सभा सञ्चालनबारे छलफल गरेका थिए। छलफलमा पनि सहमति जुटेन। तर आधा घण्टाका लागि स्थगित भनेको संसद् बैठक तीन बजेमात्रै पुनस्बस्यो।

यो बैठकमा पनि विपक्षीले अवरोध जारी राखे। सभामुखले पटकपटक सभा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे पनि विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान जारी राखेर उभिरहे। त्यसपछि सभामुखले भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group