ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी आक्रमणको योजना पहिल्यै पत्रकारको इनबक्समा पुगेपछि ट्रम्प प्रशासनमा हंगामा


एबीसी न्यूज
चैत्र १२, २०८१ मंगलबार   ८ : २०   बजे

काठमाडौं १२ चैत । अमेरिकाले यसै महिना यमनका हुती लडाकु समूहविरुद्ध गरेको सैन्य कारबाहीको विवरण आक्रमणअगावै एक पत्रकारकहाँ पुगेको खुलासा भएपछि वासिङ्टनमा खैलाबैला मच्चिएको छ।

खासमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्जले सिग्नल नामक एपमा एउटा च्याट ग्रुपमा दि एट्लान्टिकका प्रधानसम्पादक जेफ्री गोल्डबर्गलाई झुक्किएर जोडेका थिए।

‘हुती पीसी स्मल ग्रुप’ नाम दिइएको सो च्याट ग्रुममा अमेरिकाका सुरक्षा निकायका उच्चपदस्थहरू थिए। जसमा उपराष्ट्रपति जेडी भान्स, सीआईए निर्देशक जोन र्‍याटक्लिफ, ह्वाइट हाउस चिफ अफ स्टाफ सुजी वाइल्स र रक्षामन्त्री पिट हेगसेथ पनि थिए।

च्याट ग्रुपमा उनीहरूले हुतीमाथिको आक्रमणको योजनामा विमर्श गरे। पत्रकार गोल्डबर्गले यसबारे सोमबार दि एटलान्टिकमा खुलाएअनुसार उनीहरूले सैन्य कारबाहीअघि त्यसको विवरणमा छलफल गरेका थिए।

उपराष्ट्रपति भान्स हमलाको विपक्षमा थिए। उनले सो आक्रमण गल्ती हुने बताएका थिए। रक्षामन्त्री हेगसेथ पक्षमा थिए। उनले लेखेका छन्, ‘मलाई लाग्छ हामी अघि बढ्नुपर्छ।’

दुवैले च्याटमा पनि युरोपप्रति घृणा व्यक्त गरेका छन्।

यमनमा १५ मार्चका दिन यमनका हुतीमाथि अमेरिकी सेनाले आक्रमण गरेलगत्तै वाल्जले सो ग्रुपमा लेखेका थिए, ‘अद्भूत काम१’

त्यसपछि अन्य अधिकारीहरूले बधाई दिएका छन्।

राष्ट्रिय सुरक्षा टोलीको अति गोप्य कामकाजमा असम्बन्धित व्यक्तिलाई जोडिनु, त्यसमाथि सुरक्षित सरकारी माध्यमभन्दा बाहिर उच्च पदस्थहरूबीच संवेदनशील विषयमा योजना बन्नुले ट्रम्प प्रशासनमा हंगामा ल्याएको छ।

सांसदहरूले यस घटनाको छानबिन हुनुपर्ने माग गरेका छन्।

ट्रम्पले भने यसबारेमा आफू जानकार नरहेको बताएका छन्। पछि ह्वाइट हाउसले विज्ञप्ति निकाल्दै आफ्ना अधिकारीहरूको बचाउ गरेको छ।

यद्यपि, सो ग्रुपमा गोल्डबर्गलाई निम्त्याउने राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्जले राजीनामा दिनसक्ने अड्कल पनि काटिएका छन्।

यो च्याटमा सहभागी सबैभन्दा उच्च पदस्थ व्यक्ति हुन् उपराष्ट्रपति भान्स। उनले ट्रम्पको निर्णयमा प्रस्ट असहमति प्रकट गरेका छन्।

पत्रकार गोल्डबर्गले भने आफ्नो रिपोर्टिङमा अमेरिकाका शत्रुले पढ्दा अमेरिकी सेना र गुप्तचरहरूलाई हानि पुग्न सक्ने सूचना लुकाएको दाबी गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group