ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी आक्रमणको योजना पहिल्यै पत्रकारको इनबक्समा पुगेपछि ट्रम्प प्रशासनमा हंगामा


एबीसी न्यूज

काठमाडौं १२ चैत । अमेरिकाले यसै महिना यमनका हुती लडाकु समूहविरुद्ध गरेको सैन्य कारबाहीको विवरण आक्रमणअगावै एक पत्रकारकहाँ पुगेको खुलासा भएपछि वासिङ्टनमा खैलाबैला मच्चिएको छ।

खासमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्जले सिग्नल नामक एपमा एउटा च्याट ग्रुपमा दि एट्लान्टिकका प्रधानसम्पादक जेफ्री गोल्डबर्गलाई झुक्किएर जोडेका थिए।

‘हुती पीसी स्मल ग्रुप’ नाम दिइएको सो च्याट ग्रुममा अमेरिकाका सुरक्षा निकायका उच्चपदस्थहरू थिए। जसमा उपराष्ट्रपति जेडी भान्स, सीआईए निर्देशक जोन र्‍याटक्लिफ, ह्वाइट हाउस चिफ अफ स्टाफ सुजी वाइल्स र रक्षामन्त्री पिट हेगसेथ पनि थिए।

च्याट ग्रुपमा उनीहरूले हुतीमाथिको आक्रमणको योजनामा विमर्श गरे। पत्रकार गोल्डबर्गले यसबारे सोमबार दि एटलान्टिकमा खुलाएअनुसार उनीहरूले सैन्य कारबाहीअघि त्यसको विवरणमा छलफल गरेका थिए।

उपराष्ट्रपति भान्स हमलाको विपक्षमा थिए। उनले सो आक्रमण गल्ती हुने बताएका थिए। रक्षामन्त्री हेगसेथ पक्षमा थिए। उनले लेखेका छन्, ‘मलाई लाग्छ हामी अघि बढ्नुपर्छ।’

दुवैले च्याटमा पनि युरोपप्रति घृणा व्यक्त गरेका छन्।

यमनमा १५ मार्चका दिन यमनका हुतीमाथि अमेरिकी सेनाले आक्रमण गरेलगत्तै वाल्जले सो ग्रुपमा लेखेका थिए, ‘अद्भूत काम१’

त्यसपछि अन्य अधिकारीहरूले बधाई दिएका छन्।

राष्ट्रिय सुरक्षा टोलीको अति गोप्य कामकाजमा असम्बन्धित व्यक्तिलाई जोडिनु, त्यसमाथि सुरक्षित सरकारी माध्यमभन्दा बाहिर उच्च पदस्थहरूबीच संवेदनशील विषयमा योजना बन्नुले ट्रम्प प्रशासनमा हंगामा ल्याएको छ।

सांसदहरूले यस घटनाको छानबिन हुनुपर्ने माग गरेका छन्।

ट्रम्पले भने यसबारेमा आफू जानकार नरहेको बताएका छन्। पछि ह्वाइट हाउसले विज्ञप्ति निकाल्दै आफ्ना अधिकारीहरूको बचाउ गरेको छ।

यद्यपि, सो ग्रुपमा गोल्डबर्गलाई निम्त्याउने राष्ट्रिय सुरक्षा सल्लाहकार वाल्जले राजीनामा दिनसक्ने अड्कल पनि काटिएका छन्।

यो च्याटमा सहभागी सबैभन्दा उच्च पदस्थ व्यक्ति हुन् उपराष्ट्रपति भान्स। उनले ट्रम्पको निर्णयमा प्रस्ट असहमति प्रकट गरेका छन्।

पत्रकार गोल्डबर्गले भने आफ्नो रिपोर्टिङमा अमेरिकाका शत्रुले पढ्दा अमेरिकी सेना र गुप्तचरहरूलाई हानि पुग्न सक्ने सूचना लुकाएको दाबी गरेका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com