ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सचिव सरुवाको अधिकार मुख्यसचिवलाई दिने प्रस्ताव


एबीसी न्यूज
चैत्र १२, २०८१ मंगलबार   २ : ३४   बजे

काठमाडौं १२ चैत । संसदीय उपसमितिमा सचिव सरुवाको अधिकार मुख्यसचिवलाई दिनुपर्ने प्रस्ताव आएको छ । संघीय निाजमती सेवा ऐनमा राख्ने गरी यस्तो प्रस्ताव मुख्यसचिव एकनारायण अर्यालले गरेका हुन् ।

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलमा छ । विधेयकमाथि सहमति जुटाउन भनेर राज्य व्यवस्था समितिले गत ९ फागुनमा उपसमिति बनाएको थियो ।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको नेतृत्वमा गठित उपसमितिले मुख्यसचिव अर्याल सहितका अधिकारीहरूसँग हालै निजामती सेवा विधेयकबारे छलफल गरेको छ । छलफलमा मुख्यसचिव अर्यालले सचिव सरुवाको अधिकार मुख्यसचिवलाई दिनुपर्ने प्रस्ताव राखेका हुन् ।

सचिव सरुवाको अधिकार मुख्यसचिवलाई दिइए प्रधानमन्त्री र मन्त्रीले सचिव खोजेर हिँड्ने अवस्था अन्त्य हुने र सरकारको कामकारबाहीमा नै सकारात्मक प्रभाव पार्ने उनको तर्क छ । कर्मचारी खटाउने अधिकार मुख्यसचिवले पाउँदा कर्मचारीतन्त्र राजनीतिक हस्तक्षेपबाट समेत बाहिर रहन सक्ने उनको आग्रह छ ।

हाल सचिव सरुवाको निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई छ । सचिव सरुवाको अधिकार मन्त्रिपरिषद्‍बाट मुख्यसचिवमा सार्दा मुख्यसचिव थप जिम्मेवार हुने उनको विश्वास छ ।

मुख्यसचिवले खटाएको सचिवले काम गरेन भने मुख्यसचिवले नै कारबाही गर्न सक्ने र यसले कर्मचारी प्रशासनलाई थप बलियो बनाउने अर्यालको तर्क छ ।

मन्त्री नियुक्ति हुने बित्तिकै प्रधानमन्त्रीलाई यो व्यक्ति सचिव चाहियो भन्ने प्रवृति छ । यस्तो प्रवृतिले कर्मचारीको चेन अफ कमान्ड कायम हुन नसकेको भन्दै मुख्यसचिवले कर्मचारीको चेन अफ कमान्डका लागि सचिव सरुवाको अधिकार मुख्यसचिवलाई दिनुपर्ने प्रस्ताव गरेका हुन् ।

तर, मुख्यसचिव अर्यालको यस्तो प्रस्तावमाथि संसदीय उपसमितिमा गम्भीर ढंगले छलफल नभएको र यो प्रस्ताव अगाडि बढ्ने अवस्था नरहेको सांसदहरू नै बताउँछन् ।

निजामती विधेयकका अन्य विषयहरूमा भने सहमति नजिक पुगिएको उपसमितिका सदस्यहरू बताउँछन् । बडू नेतृत्वको ११ सदस्यीय उपसमितिमा सांसदहरू अशोककुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे सदस्य रहेका छन् ।

उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको छ । यो समय शुक्रबार सकिँदैछ ।

काम प्रारम्भ गरेको मितिले एक महिना भनिएको र उपसमितिले १२ फागुनदेखि काम प्रारम्भ गरेकोले शुक्रबारसम्मको समय रहेको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group