ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘माग्ने बूढा’को व्यंग्य: ‘कुलमानलाई भुलमान, सालोलाई पालो’


एबीसी न्यूज
चैत्र १२, २०८१ मंगलबार   १० : १६   बजे

काठमाडौ १२ चैत । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि नागरिकदेखि नेतासम्म चौतर्फी विरोध भइरहेको छ।

मुलुकलाई लोडसेडिङमुक्त गरेको भनी देशभरका नागरिकबाट प्रशंसा पाइरहेका कुलमानलाई सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले एकाएक हटाएपछि कलाकारहरू पनि आक्रोशित भएका छन्।

यसै क्रममा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले व्यंग्य गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमानलाई भुलमान, सालोलाई पालो।’

सरकारले कुलमानलाई हटाउनासाथ सोमबार नै हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिसकेको छ। शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीको साला पर्ने चर्चा छ।

यस्तै हास्य कलाकार मनोज गजुरेलले पनि कुलमानको बर्खास्तगीप्रति असन्तुष्टि जनाएका छन्।

उनले लेखेका छन्, ‘प्राधिकरणमा रहनुरहट्नुको कारणरतर्क जसले जेसुकै देओस्, सर्वसाधारणका नजरमा, कुलमान लोकप्रिय थिए, भए र रहनेछन्।’

अन्य कलाकारले पनि कुलमान हटाएकामा विरोध जनाइरहेका छन्।

कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकामा सत्तारुढ दल नेपाली कांग्रेसभित्रै चर्को विरोध भइरहेको छ भने प्रतिपक्षी दलले त कडा प्रतिवादमै उत्रिने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group