काठमाडौं १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओली यही चैत १९ देखि २३ गतेसम्म थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने बिमस्टेक बैठकमा भाग लिन त्यसतर्फ जाने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको हो।
भ्रमण दलको नेतृत्व गर्दै प्रधानमन्त्री त्यसतर्फ जाने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
भ्रमण दलमा परराष्ट्रमन्त्री आरजु राणा सहभागी हुनेछिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको भ्रमण गर्नुहुने भएको छ ।








प्रतिक्रिया दिनुहोस्