ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच महिनापछि फेसबुकमा रवि: बिजुली निभाएर बाले मैनबत्ती


एबीसी न्यूज

काठमाडौं १२ चैत । सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेपछि चौतर्फी विरोध सुरु भएको छ।

यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा० का सभापति रवि लामिछानेसमेत ५ महिनादेखिको मौनता तोड्दै फेसबुकमा झुल्किएका छन्।

सोमबार मध्यराति फेसबुक लाइभमा आउँदै उनले बजुलीबत्ती निभाएर सलाई कोर्दै मैनबत्ती बालेका छन्।

१ मिनेट २२ सेकेन्डको फेसबुक लाइभमा उनले केही बोलेका छैनन् तर क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्।’

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते गिरफ्तार भएयता पूर्वगृहमन्त्रीसमेत रहेका रविले फेसबुकमा कुनै पोस्ट गरेका थिएनन्।

पक्राउ पर्नुअघि अन्तिम स्टाटस उनले त्यही दिन ९अक्टोबर १८० उनले ‘सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो’ शीर्षकमा लेखेका थिए।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर गत पुस २५ गते छुटेपछि पनि उनले फेसबुकमा कुनै पोस्ट गरेका थिएनन्।

अहिले भने कुलमानलाई विद्युत् प्राधिकरणबाट हटाइएपछि त्यसैलाई लक्ष्य गर्दै उनी फेसबुकमा देखापरेका हुन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउँदै हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com