ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हुन्डाईको क्रेटा ईभी नेपालमा सार्वजनिक, मूल्य ५१ लाखमाथि


एबीसी न्यूज

काठमाडौं ११ चैत । नेपाली बजारमा बढ्दो चिनियाँ ब्रान्डलाई टक्कर दिनेगरी हुन्डाईले क्रेटा ईभी सार्वजनिक गरेको छ। विद्युतीय गाडीमा चासो राख्नेहरूले पर्खिरहेको क्रेटा इभीको ग्रान्ड लञ्च भएको हो।

नेपाली बजारमा १० वर्षअघि सार्वजनिक गरी १० हजार बढी क्रेटा विक्री गरेको हुन्डाईले ईभीमा आक्रमक बजार लिने अपेक्षा गरेका छन्।

क्रेटाको शुरूवाती मूल्य ५१ लाख ९६ हार रहेको छ। प्रिमियमको ५९ लाख ९६ हजार छ।

नेपालमा हुन्डाईका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईले नेपालमै बनेको पेट्रोल इन्जिनको गाडीमा तुलनामा २ लाख सस्तोमा गाडी ल्याएको छ।

नेपालमै बनेको क्रेटाको मूल्य भने ५३ लाख ९६ हजार रूपैयाँमा ल्याएको छ। यसअघि, अल न्यु क्रेटाको ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ। पुरानो क्रेटाको मुल्य ५४ लाख ५६ लाख छ।

४२ किलोवाट आवर ब्याट्रि आवर ३९० किमी रेञ्ज दिन्छ। गाडीमा ९९ किलोवाटको मोटर रहेको छ। गाडीको ग्राउन्ड किलियरेन्स २०० एमएम छ। ७।९ सेकेन्डमै १०० किमीको स्पिडमा कुद्न सक्छ। क्रेटा ईभी माइनस ३५ डिग्रीसम्म चल्न सक्छ।
११ किलोवाटको स्मार्ट चार्जरबाट फुल चार्ज हुन ४ घण्टा लाग्छ। डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज १ घण्टामै हुन्छ। गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजारसम्म कुद्ने वारेन्टी रहेको छ।

गाडीमा ८ स्पिकर साउन्ड सिस्टम छन्। भ्यावाई कमान्ड फिचर्स सहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्।

तत्काल नेपालमा ४२ किलोवाट आवरको ब्याट्रि र ९९ किलोवाट मोटर भेरियन्टको मात्रै उपलब्ध हुनेछ। एक्जुकेटिभ र प्रिमियम भेरियन्ट उपलब्ध हुने छ।

नेपालमा क्रेटा २०७२ भदौमा लञ्च गरिएको थियो। हुन्डाईका मोडल मध्ये नेपालमा धेरै बिक्री हुनेमा क्रेटा एसयूभी पर्छ। कम्पनीले नेपालमा विद्युतीय क्रेटा सार्वजनिक भएसँगै ‘मास प्रोडक्ट’ हुने दाबी गरेको छ।

६ एयरब्याग सहित क्रेटा इभी ल्याएको छ। एबिएससंगै ईबिडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर विथ फ्यास एडजस्टमेन्ट, ईपीबीसंगै अटो होल्ड, लेभल २ को एडास फिचर्स छ। एफआर क्यामेरा, एफआर रडार र आरआर रडार छन्।

कम्फर्ट एन्ड कन्भिनेन्सकोलागि रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पावर एडजस्मेन्ट ड्राइभर सिट, वायरलेस चार्जर, स्मार्ट प्यानारोमिक सनरुफ लगायतका फिचर्स रहेका छन्।

त्यस्तै, लक्ष्मी हुन्डाईले आईस इन्जिनमा नेपालमै उत्पादन सुरू गरेको छ। भेन्यु मोडलबाट उत्पादन शुरू गरेको लक्ष्मी ग्रुपले क्रेटा नेपालमै बनेको छ। नेपालमा बनेको क्रेटाको मूल्य कम हुने हुन्डाईले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com