ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा लोडसेडिङ पूर्ण अन्त्य भएको छ – कुलमान घिसिङ


एबीसी न्यूज
चैत्र ११, २०८१ सोमबार   ७ : ५४   बजे

काठमाडौं ११ चैत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य भएको बताएका छन्।

सोमबार ९आज० मकवानपुरको राक्सिराङ गाउँपालिका–५ खैराङमा पूर्ण वडा विद्युतीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक घिसिङले लोडसेडिङ अन्त्य हुनुमा आफ्नो मात्रै हात नभएर सरकारको पहलबाट सफल भएको बताए।

उनले आफू विद्युत प्राधिकरणमा आएपछि विद्युत नपुगेका गाउँहरुमा पनि विद्युत पुर्याएको र लोडसेडिङको पूर्ण अन्त्य गरेको बताए।

‘बजार क्षेत्रमा २४ सै घण्टा विद्युत दिएर देशमा लोडसेडिङ थिएन भन्नु गलत थियो,’ उनले भने, ‘म विद्युत प्राकिरणको कार्यकारी नियुक्त भएर जिम्मेवारी सम्हालेपछि अहिले गाउँ÷गाउँमा बिजुली पुगेको छ। त्यतिमात्रै होइन, लोडसेडिङको पूर्ण अन्त्य भएको छ।’

उनले यसको लागि आफूले निष्ठापूर्वक काम गरेको बताए। आफूले सही बाटोमा लागेर काम गरेको र त्यसमा सरकारले सहयोग गरेकै कारण विद्युतीय क्षेत्रमा उपलब्धिमुलक काम गर्न सकिएको उनले बताए।

‘नेपालमा खपत भएर बचेको विद्युत छिमेकी मुलुक भारतमा निर्यात गरिरहेका छौँ,’ उनले भने, ‘यति मात्रै होइन पछिल्लो समय बंगलादेशले पनि नेपालमा उत्पादन भएको बिजुली बालिरहेको छ। यो नै नेपालका लागि ठुलो उपलिब्ध हो भन्न सकिन्छ।’

विकटमा नागरिकहरुका लागि प्राधिकरणले निशूल्क मिटरबक्स समेत वितरण गर्दै आएको निर्देशक घिसिङले बताए।

राक्सिराङको ९ नम्बर वडा अन्र्तगत पर्ने खैराङ, कार्रालाङ लगाएतका गाउँमा पहिलो पटक विद्युत पुगेको हो। यो सँगै गाउँपालिकाको पूर्ण वडा विद्युतीकरण घोषणा गरिएको हो।

मकवानपुरको विकट मानिने राक्सिराङमा ५ हजार घरधुरी रहेको अझै १५ सय भन्दा धेरै घरहरुमा विजुली पुग्न बाँकी रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group