ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ नागरिकको ठोकुवा- भारत नेपालमा राजसंस्था फर्काउन चाहन्छ


एबीसी न्यूज
चैत्र ११, २०८१ सोमबार   ७ : ५१   बजे

काठमाडौं ११ चैत । विभिन्न क्षेत्रमा सक्रिय आठ जना नागरिकले पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनस्स्थापनाको मनसायका साथ राजनीतिक सक्रियता थालेको भन्दै आपत्ति जनाएका छन्।

आज सोमबार एक विज्ञप्ति जारी गर्दै आठ नागरिकहरू मोहना अन्सारी, राजन कुइँकेल, कनकमणि दीक्षित, दिनेश त्रिपाठी, रिता परियार, सुशील प्याकुरेल, चरण प्रसाईं र हिरा विश्वकर्मालेले पूर्वराजाको सक्रियताबारे आपत्ति जनाएका हुन्।

पछिल्लो समय राजनीति सक्रिय बनाउँदै संविधानको विरोध गरेका छन्। भारतको धार्मिक समूहको आश्रय लिएको आरोपसहित उनले संविधान असफल भएको दाबी गरेका छन्।
संविधानसभाबाट पारित नेपालको संविधान २०७२ को आलोचना गर्दै उनले धर्मनिरपेक्षता, संघीयता, र गणतन्त्रलाई अस्वीकार गर्ने संकेत दिएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

उनीहरूले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन जनताको सहभागिता आवश्यक रहेको उल्लेख गरेका छन्।

उनीहरूले उग्रवाम, दक्षिणपन्थी तथा दर्शनहीन अवसरवादी तप्का ज्ञानेन्द्रलाई साथमा लिएर हिँड्न उत्साहित भएको उनीहरूको आरोप छ।

उनीहरूले भारतको नेतृत्वसँग पूर्वराजाले राजगद्दीमा फर्किन पहल गरिरहेको पनि आरोप लगाएका छन्।

ुज्ञानेन्द्र शाहले राजगद्दीमा पुनस्स्थापित हुन भारतको नेतृत्वसँग पहल गरेको कतैबाट लुकेको छैन। नयाँ दिल्लीले छिमेकका साना मुलुलकमाथि आफ्नो हैकम लाद्न निरन्तर प्रयास गर्दै आएकोमा नेपालमाथि त एक दशकअघि झन्डै ६ महिनाको नाकाबन्दीसमेत लगाएको स्मृतिमा छँदैछ, उनीहरूले भनेका छन्,यो पनि स्पष्ट छ कि नयाँ दिल्लीको संस्थापन नेपालको संविधान २०७२ सँग बेखुस छ भने नेपाललाई हिन्दू राष्ट्रतर्फ धकेलेर त्यसको श्रेय भारतीय जनता र मतदातासामु आफूले लिन चाहन्छ।

उनीहरूले भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले सार्वजनिक रुपमै राजतन्त्र फर्काउने चाहना व्यक्त गर्दै आएको र उनीसँग ज्ञानेन्द्र शाहले पटकपटक लखनउमा भेट गरेको दाबी गरेका छन्।

भारतीय हिन्दूत्ववादी कट्टरपन्थीको आडमा नेपालमा राजतन्त्र फर्काउन खोज्दा नेपालको अखण्डतामा गम्भीर घात पर्छ भन्ने हाम्रो बुझाइ होु उनीहरूले विज्ञप्तिमा भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group