ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकियो पहिलो पानी सम्मेलन


एबीसी न्यूज

काठमाडौं ११ चैत । जल तथा ऊर्जा आयोग सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघको आयोजनामा काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय पानी सम्मेलनले नौ बुँदे घोषणापत्र जारी गरेको छ।

नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१ लाई सार्थक बनाउने उद्देश्यसहित शनिबारदेखि सुरु भएको सम्मेलन नौबुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै आइतबार साँझ सम्पन्न भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यतामा दुई दिनसम्म चलेको सम्मेलनले तीन तहका सरकार बीचको समन्वय र सहकार्य, विकास साझेदार संस्था, सामुदायिक संस्थालगायत अन्य सरोकारवाला समेतको संलग्नतामा एकीकृत नदी वेसिन योजनाअनुसार जल सुशासन हुने गरी जलस्रोतको दिगो उपयोग, संरक्षण, व्यवस्थापन र नियमन गर्ने प्रतिबद्धता जनाएको छ।

सम्मेलनले पानीको प्रयोग तथा संरक्षणसँग सम्बन्धित नीतिगत एवं कानुनी व्यवस्थामा पानीको समुचित उपयोग तथा संरक्षण सम्बन्धमा सरोकारवाला सरकारी तथा गैरसरकारी संस्थाको सबलीकरण, संस्थागत क्षमता विकास, प्रदेश सरकार र स्थानीय तहले आफ्ना नीति तथा कानुनको तर्जुमा गर्दा तीन तहबीच कानुनी सामञ्जस्यता कायम गर्ने र सबै तहका सरकारहरुले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यसैगरी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकार्यमार्फत जलस्रोतको विकास गरी सामाजिक र आर्थिक रूपान्तरणमा टेवा पुग्ने गरी सहकार्यको नीति अवलम्बन गर्ने, प्राकृतिक विपद् व्यस्थापनका लागि पूर्वतयारी योजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने, जलवायु परिवर्तनका कारणले पारेको प्रभावलाई न्यूनीकरण गर्न नवीनतम् प्रविधिको अवलम्बन एवं जलवायु उत्थानशील कार्ययोजनामार्फत पानीको समुचित उपयोग तथा संरक्षण गर्दै खानेपानी, सिँचाइ, जलविद्युत्लगायतका जलस्रोतका क्षेत्रमा दिगो संरचना विकास र सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पानी सम्मेलनले जलस्रोतको क्षेत्रमा अध्ययन तथा अनुसन्धानको विस्तार गर्नका साथै पानीको समुचित उपयोग तथा संरक्षणका लागि रैथाने ज्ञान, सीप एवं प्रविधिलाई समेत समावेश गरी उपलब्ध ज्ञान तथा तथ्याङ्कको वैज्ञानिक अभिलेखीकरण, विश्लेषण तथा प्रयोग अभिवृद्धि गर्न एकीकृत सूचना प्रणाली निर्माण एवं सुदृढीकरण गरी दीर्घकालीन एकीकृत योजना तर्जुमा गर्दै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यसैगरी, जलस्रोतसँग सम्बन्धित सबै सरोकारवालाले जलस्रोतको उपयोग तथा व्यवस्थापनका लागि साझा मञ्चको विकास गरी समुदायको नेतृत्व सबलीकरण र क्षमता विकासका साथै असल अभ्यासको निरन्तरता र विस्तारका लागि काम गर्ने बताइएको छ।

जलवायु परिवर्तनबाट उत्पन्न हुने क्षति तथा नोक्सानीको परिपूर्ति गर्न हरित जलवायु कोषबाट प्राप्त हुन सक्ने स्रोत र साधनलाई जलस्रोत क्षेत्रमा उच्चतम उपयोग गर्ने सम्मेलनले प्रतिबद्धता जनाएको छ।

नेपालको समृद्धि जलविद्युत्, कृषि, सिँचाइ, पर्यटन र खानेपानीलगायतका क्षेत्रमा जलस्रोतको प्रभावकारी उपयोग गर्दै आर्थिक रूपान्तरण, औद्योगिक विकास, रोजगारी सिर्जना गर्ने र क्षेत्रीय व्यापारलाई सक्षम बनाउने आधार तयार गरी दिगो विकासमार्फत समृद्धि हासिल गर्न पहल गर्ने बताइएको छ।

यसैगरी, सरोकारवालासँगको समन्वय र सहकार्यमा जल तथा ऊर्जा आयोगले नेतृत्वदायी भूमिका निर्वाह गरी एकीकृत जलस्रोत व्यवस्थापन, बहुउपयोग, संरक्षण तथा नियमन गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

वातावरणीय सन्तुलन कायम राख्न, प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापन गर्न, तथा जलस्रोतको उचित उपयोग र संरक्षण गर्न एवं जलस्रोतमा प्रदूषण हुन नदिन प्रतिबद्ध रहँदै आगामी वर्षमा पनि यस्ता सम्मेलनलाई निरन्तरता दिने आयोगका सचिव मधुप्रसाद भेटुवालले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com