ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५० ड्रोनले आक्रमण गर्‍यो, रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाऊँ- जेलेन्स्की


एबीसी न्यूज
चैत्र १०, २०८१ आईतबार   ८ : ०६   बजे

काठमाडौं १० चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार राति रुसले लगभग १५० ड्रोनले युक्रेनमा आक्रमण गरेको दाबी गरेका छन्।

उनले आफ्नो एक्स ह्यान्डलमा आक्रमणबारे जानकारी दिँदै रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाउन माग गरेका छन्।

जेलेन्स्कीले लेखेका छन्, ‘हिजो राति रुसले युक्रेनमा लगभग १५० ड्रोनले आक्रमण गर्‍यो। यस आक्रमणमा किएभमा तीन जनाको ज्यान गएको छ, जसमा एक बुबा र उनकी ५ वर्षीया छोरी पनि छन्। आक्रमणमा हालसम्म एक बच्चासहित दस जना घाइते भएका छन्।’

‘आक्रमणका कारण जापोरिजियामा पनि तीन जनाको मृत्यु भएको छ, जसमा एकै परिवारका तीन जना छन्। मृतकका परिवारप्रति मेरो समवेदना छ।’

जेलेन्स्कीले रुसबाट हुने आक्रमण दैनिक घटना बनेको उल्लेख गरेका छन्।
उनले रुसले यस हप्ता युक्रेनमा १,५८० भन्दा बढी गाइडेड बम, लगभग १,१०० ड्रोन र १५ वटा मिसाइल प्रहार गरेको बताएका छन्।

आफ्नो पोस्टमा उनले लेखेका छन्, ‘त्यसैले रुसी आतंककारीहरूविरुद्धको प्रतिबन्धलाई अझ प्रभावकारी बनाउनुपर्छ। प्रतिबन्धको असरबाट बच्न सक्ने हरेक बाटा बन्द गर्नुपर्छ। उसविरुद्ध थप थप दबाब दिनुपर्छ र युद्ध रोक्न नयाँ निर्णय लिन आवश्यक छ।’

यसअघि रुसी रक्षा मन्त्रालयले करिब ६० आक्रमणकारी युक्रेनी ड्रोनलाई निशाना बनाएको दाबी गरेको थियो। रक्षा मन्त्रालयका अनुसार यीमध्ये धेरैजसो दक्षिणी रोस्तोभ क्षेत्रमा खसालिएका थिए।

यसैबीच रोस्तोभका गभर्नरले एउटा ड्रोन कारमा खसेको बताएका छन्। जसका कारण कारमा आगो लागेको र एक जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group