ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियाली राजमार्गको काम सुस्त


एबीसी न्यूज
चैत्र १०, २०८१ आईतबार   ७ : २६   बजे

काठमाडौं १० चैत । एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्तगतिमा भइरहेको छ।

एसियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत यो खण्डमा सडकलाई एसियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ। एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ।

काँकडभिट्टा–लौकही सडक योजना ९पूर्वी खण्ड० दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले हालसम्ममा सडक स्तरोन्नतिको प्रगति १५ प्रतिशत मात्र रहेको जानकारी दिए। उनका अनुसार निर्माण अवधिका आधारमा हालसम्ममा कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति भइसक्नुपर्ने थियो।

एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो भने २०८३ माघ १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ । आयोजना प्रमुख पन्तले ठेक्का लिएको कम्पनीलाई निर्माण कार्यमा गति बढाउन र लक्ष्य भेटाउन निर्देशन दिइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ ९ गते कमल गाउँपालिकाको पाडाजुँगीमा उक्त सडकको विधिवत् शिलान्यास गरेका थिए।

सडक निर्माण सम्झौताको पहिलो वर्षमा १२ प्रतिशतमात्र प्रगति भएको र यस वर्ष पनि उल्लेखनीय प्रगति हुन नसकेमा आउँदो एक वर्ष १० महिनाभित्रमा आयोजना सम्पन्न गर्न कठिन हुनेछ।

‘अहिले काम गर्न मौसम अनुकूल पनि छ’, एभ्रास्कन कालिका जेभीलाई कामको गति बढाउन दबाब दिँदै पन्तले भने, ‘निर्माण कम्पनीले जुन रफ्तारमा काम गर्नुपर्ने हो, गरेको छैन। हामीले दबाब दिइरहेका छौँ।’

हाल कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ। हालसम्म एक सय ४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम भएको छ । साना पुल १८ मध्ये १७ वटाको निर्माण भइरहेको छ। निर्माणकार्यमा कम्पनीले अत्याधुनिक उपकरणसमेत प्रयोग गरिरहेको छ।

हालसम्ममा पुलको निर्माण प्रगति १३ प्रतिशतमात्र छ। एसियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा रु ३४ अर्ब ९० करोडमा सडकसहित कल्भर्ट र साना पुलको ठेक्का लगाइएको हो।

कनकाई, बिरिङ र निन्दाखोलाका पुलको ठेक्का अर्कै कम्पनीले पाएको छ । बर्खा लागेपछि काम गर्न कठिन हुने भएकाले त्यसअघि कामको गति बढाउन निर्देशन दिइएको काँकडभिट्टा–लौकही सडक योजना ९पूर्वी खण्ड० दमक कार्यालयका प्रमुख पन्त बताउछन्। चालू आर्थिक वर्षमै कम्तीमा १० किलोमिटर राजमार्ग कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ।

सो सडक खण्डको चारआली जङ्गलमा ‘इलिफेन्ट अन्डर पास’को निर्माण कार्यसमेत धमाधम भइरहेको आयोजनाले जनाएको छ। सरकारको वन्यजन्तुमैत्री पूर्वाधार भौतिक संरचना निर्माण मापदण्डअनुसार ‘इलिफेन्ट अन्डर पास’ निर्माण भइरहेको आयोजना प्रमुख पन्तले जानकारी दिए।

उनका अनुसार ‘इलिफेन्ट अन्डर पास’ साढे छ मिटर उचाइ र १५ मिटर लम्बाइको बनिरहेको छ। जुन निर्माणाधीन सडकभन्दा डेढ मिटर अग्लो हुने छ। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group