ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताले ममाथि नै भरोसा छ भनेर आँखाबाट आँशु निकाल्छन् – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
चैत्र ९, २०८१ शनिबार   ६ : ४५   बजे

काठमाडौं ९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले जनताले आफूमाथि धेरै भरोसा गरेको बताएका छन्। तराई–मधेश जागरण अभियानअन्तर्गत आज शनिबार चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले जनताले आफूमाथि धेरै भरोसा गरेको दाबी गरेका हुन्।
‘तपाईँहरूलाई कहिलेकाहीँ लाग्छ होला, बिहानै दौडेर मर्निङवाक गरेको छ। जनताको घर–घरमा पसेर फूल लिएको छ। मानिसहरू बाहिर निस्किएर अब तपाईँमाथि नै भरोसा छ भनेर आँखाभरी आँशु निकाल्छन् बुढाबुढी, युवा युवती, बालबच्चाहरू, उनले भने, नेताहरुको लागि यो ऊर्जा हुँदो रहेछ।

त्यस्तै उनले अब विभिन्न धारमा विभाजित भएका माओवादीहरू एक हुनुको विकल्प नरहेको बताए। उनले एकताका लागि आफूले गर्नुपर्ने सबै गर्न तयार रहेको पनि सुनाए।
उनले भने, ‘माओवादीहरु सबै एक हुन्छन् अब । त्यसमा तपाईँहरु शंका गर्नुपर्दैन । सबै आउनुको कुनै विकल्प नै छैन । मैले त्यसको निम्ति के कति गर्नुपर्ने हो, सबै गर्छु मैले । यो देशमा हामीले अर्को असाधारण रिकर्ड बनाउनुपर्छ।’

प्रचण्डले २०८४ को निर्वाचनबाट भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिने घोषणा गरे।
‘२०८४ मा सबै एक भएर सबैले मेहनत गर्यौं भने यी भ्रष्टाचारी, दलाल, बुर्जुवाहरु, विचौलिया, भूमाफियाहरुको दिन सकिन्छ, उनले भने, जनताले असली राज आउँछ भन्ने म तपाईँहरूमाझ विश्वास व्यक्त गर्न चाहन्छु। हामी सबै एकचोटी एकतावद्ध भएर अगाडि जाने हो।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group