ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चार देशका ५ लाख ३० हजार जना आप्रवासीलाई अमेरिका छोड्न राष्ट्रपति ट्रम्प प्रशासनको आदेश


एबीसी न्यूज
चैत्र ९, २०८१ शनिबार   ६ : ३६   बजे

काठमाडौं ९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाका पाँच लाख ३० हजार जना आप्रवासीहरूको अमेरिकामा बसोबास गर्न पाउने अस्थायी कानुनी मान्यता खारेज गर्ने बताएको छ । अमेरिकी संघीय सरकारले निकालेको सूचनामा ती आप्रवासीहरूलाई आउँदो अप्रिल २४ मा उनीहरूको बसोबास अनुमतिपत्र रद्द गर्ने भन्दै त्यसअघि नै अमेरिका छाड्न चेतावनी दिइएको छ ।

उनीहरु पूर्व राष्ट्रपती जो बाइडनका पालाको एउटा आप्रवासन योजनाअन्तर्गत अमेरिका प्रवेश गरेका थिए । सन् २०२२ मा शुरु भएको सीएचएनभी नामक कार्यक्रममार्फत अमेरिकाले स्पोन्सरशीप प्रक्रियाका माध्यमबाट उनीहरुलाई अमेरिकामा बसोबास गर्न दिएको थियो ।

बाइडेन प्रशासनले सीएचएनभीले अमेरिकाको दक्षिणी सिमानाबाट हुने अवैध सीमा आगमनलाई रोक्न र देशमा प्रवेश गर्नेहरूको उपयुक्त जाँचमा सहयोग पु¥याउने तर्क गरेको थियो । डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले पहिलेको प्रशासन आफ्नो लक्ष्य प्राप्तिमा असफल भएको जनाएको छ ।

योसँगै ट्रम्पले रुसले आक्रमण गरेपछि युक्रेनबाट भागेर अमेरिका पुगेका दुई लाख ४० हजार युक्रेनी नागरिकको बसोबासको अस्थायी कानुनी मान्यतालाई रद्द गर्ने कि नगर्ने भनेर पनि विचार गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group