ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राम्रो पारिश्रमिक नपाउँदा विदेश जाने बढे- महानिर्देशक कमलराज भट्टराई


एबीसी न्यूज

काठमाडौं ७ चैत । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक कमलराज भट्टराईले नेपालमा राम्रो पारिश्रमिक नपाउँदा विदेश जाने बढ्ने गरेको बताएका छन्।

महानिर्देशक भट्टराईले न्यूनतम पारिश्रमिक कार्यान्वयन गनुपर्ने बताउँदै बाँच्नलाई पुग्ने रकम पाउनुपर्ने बताएका हुन्।
विभागमा पत्रकार सम्मेलन गर्दै उनले न्यूनतम पारिश्रमिक धेरै ठाउँमा कार्यान्वयन भए पनि सबै ठाउँमा नभएको उल्लेख गरे।

भट्टराईले पारिश्रमिक दिनेले सक्नेजति दिनुपर्ने र पाउनेले नेपालको अवस्थाअनुसार चित्त बुझाउँदा मात्रै श्रम क्षेत्र सहज हुने बताए।

सरकारले गत फागुन २६ र २७ मा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन भव्य रुपमा सम्पन्न गरेको थियो। आर्थिक वर्ष २०८१÷८२ देखि २०९१÷९२ लाई राष्ट्रिय रोजगार दशकको रुपमा मनाउने घोषणा समेत गरिसकेको छ।

विभागले गरेको कामका विषयमा जानकारी दिँदै विभिन्न रोजगारदाता संस्था तथा सामाजिक सुरक्षा कोषबीच सम्झौतामार्फत कोषमा सूचीकृत गर्ने प्रक्रियालाई तीव्रता दिइएको छ।

मर्यादित श्रमका लागि श्रमसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धिहरुको अनुमोदनका लागि कार्ययोजना बनाई काम भइरहेको, प्रतिष्ठान, सीप तथा श्रमिकलाई औपचारिकीकरण गर्दै लैजानका लागि पूर्वतयारीका कार्य भइरहेको र श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण समितिले काम सुरु गरिसकेको अवस्था छ।

विभागले आफ्नो सीमित साधनस्रोतका बाबजुद मर्यादित एवं असल श्रम अभ्यासका लागि गर्नुपर्ने सहजीकरण, अनुगमन, निरीक्षण एवं नियमनका कार्यहरुलाई यथाशक्य प्रभावकारी रुपमा सञ्चालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com