ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्जमा वडाध्यक्ष कुटिए, प्रहरी र अर्का वडाध्यक्षसहित ७ जनाविरुद्ध जाहेरी


एबीसी न्यूज
चैत्र ८, २०८१ शुक्रबार   ५ : १३   बजे

काठमाडौं ७ चैत । पर्साको वीरगन्ज महानगरपालिका(२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको छ।

प्रहरी र अर्को वडाका वडाध्यक्षसहित ७ जनाले आफूलाई कुटपिट गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन्।

फागुन २९ गते राति वीरगन्ज महानगरपालिका(८ स्थित डाइमन्ड पार्टी प्यालेसमा आफूलाई कुटपिट गरेको उनको दाबी छ। उनलाई कुटिरहेको भिडिओसमेत सार्वजनिक भएको छ।

पार्टी प्यालेसका सञ्चालक वीरेन्द्र पासवानका छोराको जन्मोत्सवमा गएका बेला आफूलाई कुटपिट गरिएको दाबी वडाध्यक्ष चतुर्वेदीको दाबी छ।

सो घटनामा उनले कुटपिटमा ७ जनाविरुद्ध जाहेरी दिएका छन्।
वीरगन्ज(१३ का ४३ वर्षीय सागर शमशेर जबरा, वीरगन्ज(१० का वडाध्यक्ष सुशील साह कानु, वडा नं ११ का ४२ वर्षीय भूषण यादव, वडा नं १६ का भुसाल यादव चौरसिया, वडा नं ६ का ३७ वर्षीय विक्की गुप्ता, सागरको घरमा डेरा बस्ने ३५ वर्षका दीपेश क्षेत्री र वीरगन्ज महानगरपालिलका(१० का अन्दाजी ५७ वर्षका लखनलाल गुप्ताविरुद्ध जाहेरी दिएका हुन्। सुशील वडाध्यक्ष, सागर वरिष्ठ सई र दीपेश प्रहरी जवान हुन्।

जिल्ला प्रहरी कार्याालय पर्साका प्रमुख एसपी गौतम मिश्रले वडाध्यक्ष चतुर्वेदीलाई अस्पताल लगेर जाँच गरिसकेको बताए।

यस्तै शुक्रबार नै प्रहरी घटनास्थलमा गएर मुचुल्का गरिरहेको बताएका छन्।

आवश्यक अनुसन्धान गरेर कानुनी कारबाही अगाडि बढाइने पनि एसपी मिश्रले बताए।

उनीहरूले आफूलाई पहिल्यैदेखि ज्यान मार्ने उद्देश्यले जासुसी गरिरहेको आरोप चतुर्वेदीले लगाएका छन्।

हेलमेट र रडले समेत प्रहार गरेको आरोप उनको छ।

कुटपिटबाट आँखानजिक, टाउको, पिँठ्यु र घाँटीमा चोट लागेको चतुर्वेदीले जाहेरीमा उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group