काठमाडौं । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको अध्यक्षमा एबीसी टेलिभिजनका उप–सम्पादक वसन्तराज रिजाल निर्वाचित भएका छन् । बुधवार राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी सङ्घ नेपालको चौथो राष्ट्रिय सम्मेलनबाट रिजाल सर्वसहमतीबाट निर्वाचित भएका हुन । नेपाल चलचित्र विकास बोर्ड सरस्वतीनगर चौथो राष्ट्रिय सम्मेलनले रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा सुदिप शर्मा, उपाध्यक्षमा केशरबहादुर रायमाझी, उद्वब प्रसाद भट्टराई तथा महिला उपाध्यक्षमा पनाह अधिकारी, महासचिवमा सबनम मुखिया, उप महासचिवमा सरस्वती घिमिरे, सचिवमा माधव पौडेल, अमिर दोग,रिमेश अधिकारी कोषाध्यक्षमा राज बस्नेत निर्वाचित भएका छन्। त्यस्तै ५१ सदस्य केन्द्रिय कमिटीको सदस्यहरुमा विशाङ तामाङ, रत्न श्रेष्ठ, अनिता भट्टराई, सरु ढुंगेल, मणि लिम्बु, सुरज आचार्य, डम्बरबहादुर बिक, केशर कार्की, सुरज खड्का लगाएत रहेका छन् । रिजाल एबीसी टेलिभिजनमा कार्यक्रम प्रस्तोता, समाचारवाचक समेत हुन ।निर्वाचित अध्यक्षमा रिजालले राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघले धेरै भन्दा धेरै चलचित्रकर्मीहरुलाई समेट्दै अगाडी बढ्ने, व्यावसायिकरुपमा रुपान्तरण गर्ने तथा अन्तराष्ट्र्रिय मञ्चमा समेट्न पहल गर्ने बताए ।
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालमा आबद्धता
२०६४ सालमा केन्द्रीय सदस्य
२०६६ सालमा केन्द्रीय सचिव
२०६९ केन्द्रीय महासचिव
२०७६, ७७, सहसंयोजक
२०७८ केन्द्रीय महासचिव
२०७८ राष्ट्रिय जन सांस्कृतिक महासङ्घ नेपालको केन्द्रीय कमिटी सदस्य
२०७९ राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालको सचिवालय सदस्य
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको सञ्चार एवं प्रचार विभाग सदस्य
२०६४ सालदेखि निरन्तर रूपमा साधारण सदस्य, सचिवालय सदस्य, केन्द्रीय सचिव, दुई कार्यकाल महासचिवमा रहेर निरन्तर १७, १८ वर्ष वर्षदेखि काम गर्दै आएका रिजाल लामो समयदेखिको संगठनमा काम गरेको अनुभव, दुई दशकभन्दा बढी समयदेखि चलचित्र क्षेत्रमा, आम सञ्चारको क्षेत्रमा क्रियाशीलता, संगठनको लामो अनुभवले जनपक्षीय चलचित्रकर्मी सङ्घ नेपाललाई नविनतम र व्यावसायिक टङ्गबाट पूर्णकालीन राजनीति र व्यवसायिकता हाम्रो मूलमन्त्र सहित काम गर्ने सोच बनाएका छन।
भावी योजना र प्रतिबद्धता
१)संगठनमा पूर्णकालीन राजनीतिक यात्रा तय
२)संगठनलाई व्यवसायिक रुपमा अगाडि बढाउने, हाम्रो पार्टीसँग आस्था राख्ने सिनेमासँग जोडिएका व्यक्तित्वहरूलाई संगठनमा जोड्ने।
३)संगठनको आर्थिक पाटोलाई सबल बनाई महासंघलाई समेत आर्थिक हिसाबमा टेवा पु¥याउने उद्देश्य।
३)संगठन भित्रै रोजगारी तालिम प्रशिक्षणको व्यवस्था गर्ने।
४)सातै प्रदेशमा नयाँ ढङ्गबाट संगठनको विस्तार गर्ने।
७७ जिल्लामै संगठन विस्तार गर्ने।
सम्भव भएसम्म नगरपालिका स्तरमा पनि काम गर्ने।
५)अन्तर्राष्ट्रिय स्तरमै मञ्चहरू खडा गर्ने।
६)संगठनभित्रकै दक्ष जनशक्तिहरूलाई सङ्कलन गरेर पार्टीका गीत चलचित्र छोटो चलचित्र गीतहरू निर्माण गर्ने।
७)व्यवस्थित रूपमा आफ्नै कार्यालय स्थापना गर्ने,बैंक खाता खोल्ने।
८) दैनिक कामकाजको लागि एकजना कार्यालय सचिव कर्मचारीको रुपमा नियुक्ति गर्ने।
९)कार्यसम्पादन लाई डिजिटल्ली रुपमा लैजाने।
१०) हरेक वर्ष संगठनको वार्षिक उत्सव मनाउने, संगठनमा लामो समय बसेर काम गर्नुभएका योगदान पु¥याउनुभएका व्यक्तित्वहरुलाई सम्मान गर्ने।
११)अवार्डका कार्यक्रमहरू गर्ने।
१२)वार्षिक क्यालेन्डर बनाएर अगाडि बढ्ने।
१३)संगठनमा आबद्ध पदाधिकारी सदस्यहरूको कार्य मूल्याङ्कनको हिसाबमा चलचित्रसँग सम्बन्धित ठाउँहरूमा नियुक्ति गर्ने।
१३)नियुक्ति भएर जानुभएका पदाधिकारी एवं सदस्यहरूले संगठनलाई महिनामा पाउनुभएको १० प्रतिशत बुझाउनुपर्ने व्यवस्थाको माग गर्ने।
१४)चलचित्र सम्बन्धी विभिन्न सेमिनार गोष्ठी गर्ने।
१५)राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालसँग सहकार्य गरेर विभिन्न तालिम सेमिनार गोष्ठी पार्टीका विभिन्न चरणका प्रशिक्षणहरू गर्ने।
१६) छोटा चलचित्रहरूको प्रतियोगिता गर्ने
१७) चलचित्रकर्मी साथीहरूलाई रोजगारीको सिर्जना गराउन पहल गर्ने ।
१८) हाम्रो पार्टीसँग आस्था राख्ने चलचित्रकर्मी र चलचित्रसँग आबद्ध व्यक्तिहरुलाई जनपक्षीय चलचित्रकर्मीसँग आबद्धता गराउने, सदस्यता वितरण र नवीकरणलाई तीव्रता दिने।
१९) मिसन चौरासीलाई सफल पार्नको लागि हाम्रो गौरवशाली पार्टी नेकपा एमालेले बहुमत ल्याउनका लागि सबै प्रदेशमा कला संस्कृतिको माध्यमबाट नेकपा एमालेप्रति आकर्षित गराउने, संगठनलाई मजबुत बनाउने, प्रशिक्षणका कार्यक्रम राख्ने, चलचित्रकर्मीहरूलाई गोलबद्ध बनाई देश दौडाको अभियानको लागि बृहत कार्यक्रमको आयोजना गर्ने लगाएतको योजना बनाएका छन।








प्रतिक्रिया दिनुहोस्