ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सामा प्रहरीबाटै कुटिए वडाध्यक्ष, जाहेरी लिन नमानेको आरोप


एबीसी न्यूज
चैत्र ८, २०८१ शुक्रबार   २ : २८   बजे

काठमाडौ ८ चैत । प्रहरी कर्मचारीबाटै पर्सामा एकजना वडाध्यक्ष कुटिएका छन् । वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले कुटपिट गरेको हो ।

आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै न्यााय माग्दै उनी प्रहरी कार्यालय पुगेका छन् । घटना २९ फागुनको राति सवा ९ बजेतिरको हो ।

वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । उक्त पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मित्रमिलन कार्यक्रममा गएका बेला आक्रमण भएको वडाध्यक्ष चर्तुवेदीको भनाइ छ ।

आफूमाथि ६र७ जनाको समूहले आक्रमण गरेको उनको भनाइ छ । सीसीटीभी फुटेजमा समेत आक्रमण भएको देखिन्छ । पार्टी प्यालेसमा खानपिन भएरहेका बेला एक समूह हो–हल्ला गर्दै वडाध्यक्षमाथि आक्रमणमा उत्रिएको दाबी गरिएको छ । सीसीटीभी फुटेजमा वडाध्यक्ष चतुर्वेदीसहित चार जना खानपानमा व्यस्त रहेको देखिन्छ ।

त्यही समयमा निलो ज्याकेट लगाएका व्यक्ति उनीहरू भएको ठाउँ नजिक आइपुग्छन् । बसेर खाइरहेका चारमध्ये एक जना उठेर निलो ज्याकेट लगाएका व्यक्तिलाई बाहिर पठाउन खोजेको फुटेजमा देखिन्छ । फोनमा कुरा गर्दै आएका ती व्यक्ति बाहिर जान मान्दैनन् र भित्र पस्छन् । उनकै पछिपछि अरू व्यक्ति पनि आएको देखिन्छ ।

यही मौकामा पार्टी प्यालेसको अर्को ढोकाबाट एक हुल मान्छे जबरजस्ती भित्र प्रवेश गरेको देखिन्छ । त्यही समूहले वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेको फुटेजमा देखिन्छ । उक्त आक्रमण गर्ने समूहमा नेपाल प्रहरीका बहालवाला वरिष्ठ सईसमते रहेको आरोप छ । त्यहाँ दुई पक्षबीच अन्धाधुन्दा आक्रमण हुन्छ । आक्रमणबाट घाइते भएका वडाध्यक्ष चतुर्वेदी उपचारपछि अहिले घर फर्केका छन् ।

आफूमाथि प्रहरीका वरिष्ठ सई समेतले आक्रमण गरेको भन्दै वडाध्यक्ष चर्तुवेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन समेत दिएका छन् । नेपाल प्रहरीका वरिष्ठ सई सागरशमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज–१० कै वडाध्यक्ष सुशील साह कानु, वीरगञ्ज–११ का ४२ वर्षीय भुषण यादव, वीरगञ्ज–३२ का भुसाल चौरसिया, वीरगञ्ज–६ का ३७ वर्षीय विक्की गुप्ता, वीरगञ्ज–१० का लखनलाल गुप्तासहितले आफूमाथि आक्रमण गरेको दाबी गर्दै उनले प्रहरीमा निवेदन दिएका छन् ।

४ चैतमा उजुरी दिए पनि प्रहरीले अहिलेसम्म तदरुकता देखाएर कारबाही नगरेको उनको गुनासो । ‘उजुरी दिएका एक हप्तापछि बल्ल एसपी सापले बोलाउनु भएको छ । आज प्रहरी कार्यालय जान्छु, त्यसपछि मात्रै के हुन्छ भन्ने थाहा होला,’ उनले भने ।

यसअघि आफूमाथि साइबरको मुद्दा चलेको र त्यहीको बदलाका कारण आक्रमण गरिएको हुनसक्ने वडाध्यक्ष बताउँछन् ।

यता घटनाबारे प्रहरीले छानबिन गरिरहेको मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले बताए । ‘प्रहरीकै सई समेत संलग्न भएको सीसीटीभी फुटेजमा देखिएको भनिएको छ । प्रहरी हुने बित्तिकै जोगाउन लाग्यो भन्ने होइन,’ डीआईजी आचार्यले भने, ‘दुई पक्ष नमिलेको अवस्थामा प्रहरी नै भए पनि कानुन बमोजिम कारबाही हुन्छ । त्यसका लागि निर्देशन समेत दिइसकेको छु ।’

होलीको दिनको घटना भएकाले सामान्य वादविवादको विषय भए छलफल गरी मिलापत्र पनि हुनसक्ने भयो । तर उजुरी नै आएको र मिलापत्र नभएको अवस्थामा कानुन बमोजिम अघि बढ्ने उनी बताउँछन् ।
यता वडाध्यक्षमाथि आक्रमण गरको आरोप लागेका वरिष्ठ सई राणा लामो समय तराईका क्षेत्रमा सादा पोशाकमा बसेर काम गरेका प्रहरी हुन् । लामो समय तराईमा बसेका घुमुवाहरूलाई हटाउने नीति अनुसार तत्कालीन आईजी कुँवरले बरिष्ठ सई राणालाई पनि तराईबाट हटाएका थिए ।

पहाडी जिल्लामा सरुवा भएका राणा पछिल्लो समय भने काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सादा पोशाकको रूपमै कार्यरत थिए । उनी होलीको बेला बिदा लिएर बसेकोले रानीपोखरीका एआईजी टेकबहादुर तामाङ बताउँछन् । ‘भिडिओ आएपछि कसरी उहाँ पुगे भन्नेबारेमा बुझ्दा घर पनि तराई तिरै रहेछ । त्यतिबेला घर बिदा लिएको पनि पाइयो,’ एआईजी तामाङले बताए ।

कुटपिट घटनामा संलग्न रहेको भन्ने भिडिओ बाहिरिएपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समेत उनलाई रमाना दिएर बिदा गरिसकेको प्रहरी स्रोतले बतायो ।

उहाँलाई रमान दिएर बिदा गरिसकेका छौं । ‘जनकपुरमा दरबन्दी रहेको भन्ने बुझिएपछि उतै पठाएका हौं,’ रानीपोखरीका एक अधिकृलते भने । राणासँग सम्पर्क खोज्दा उनको मोबाइल भने स्वीच अफ छ ।

कुटपिटको आरोप लागेका वीरगञ्ज–१० का वडाध्यक्ष कानु भने भिडिओ तोडमोड गरेर आफूहरूलाई दोषी देखाउन खोजिएको दाबी गर्छन् ।

‘हाम्रो मान्छेकै चार वटा औंला भाँचिएको छ, त्यो चाहिँ कुरै छैन । भिडिओ एक पक्षीय मात्रै काटेर प्रचार गरिएको छ,’ वडाध्यक्ष कानुले अनलाइनखबरसँग दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group