ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलका सुरक्षा सेवा प्रमुख बर्खास्त


एबीसी न्यूज
चैत्र ८, २०८१ शुक्रबार   १ : ५१   बजे

काठमाडौ ८ चैत । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले २०२३ अक्टोबर ७ मा हमासले गर्न सक्ने आक्रमणको अनुमान गर्न असफल भएको भन्दै देशको सुरक्षा सेवा प्रमुखलाई बर्खास्त गरेका छन्।
बीबीसीका अनुसार बिहीबार साँझ बसेको इजरायली मन्त्रिपरिषद्को बैठकले रोनेन बारलाई अवकाश लिनुअघि बर्खास्त गर्ने औपचारिक निर्णय अनुमोदन गरेको हो।

रोनेन बारलाई अक्टोबर २०२१ मा पाँच वर्षका लागि शिन बेटको प्रमुखका रूपमा नियुक्त गरिएको थियो। गत आइतबार नेतन्याहुले एक भिडिओ वक्तव्यमार्फत रोनेन बारलाई बर्खास्त गर्ने बताएका थिए।

नेतन्याहुको यो कदमले इजरायली नागरिकमा आक्रोश पैदा गरायो र जेरुसेलममा सरकारविरोधी प्रदर्शन थप चर्कायो।
यसले गर्दा हजारौँ इजरायली गाजामा इजरायलको नयाँ आक्रमणविरुद्धको प्रदर्शमा सामेल भए।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा अचानक आक्रमण गरेको थियो। जसमा परी १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।

त्यसको जवाफमा इजरायलमा गरेको हमलामा अहिलेसम्म हजार जनाभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको हमासद्वारा सञ्चालित गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यसबीच गत जनवरी १९ देखि मार्च ३० सम्म हमास र इजरायलबीच युद्धविराम भएको थियो भने यस अवधिमा हमासले २५ जना जीवित र ८ जना मृत बन्धक इजरायललाई फिर्ता गरेको छ। बदलामा इजरायलले पनि १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।

तर यो युद्धविराम अवधि लम्ब्याउने विषयमा वार्ता नहुँदा दुई पक्ष फेरि भिडन्तमा उत्रिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group