काठमाडौ ८ चैत । नजिकैको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरका लागि बन्द गरिएको छ।
विमानस्थलले जारी गरेको विज्ञप्तिमा आगलागीका कारण विमानस्थलमा ‘ठूलो मात्रामा विद्युत आपूर्ति अवरुद्ध’ भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रो मार्च २१ को राति २३स्५९ बजेसम्म बन्द रहनेछ।
ुयात्रुहरूलाई विमानस्थल नजान र थप जानकारीका लागि आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ। असुविधाका लागि हामी क्षमा चाहन्छौँ।’
हिथ्रो बेलायतको सबैभन्दा ठूलो विमानस्थल हो, जहाँ हरेक दिन लगभग १,३०० विमान अवतरण र उडान गर्छन्।








प्रतिक्रिया दिनुहोस्